पोर्चुगलमा नेपालीहरु को तथ्यांक संकलन गरिने

chatकाश भण्डारी , १० जनवरी लिस्वन, ९० को दशक देखि पोर्चुगलमा नेपाली हरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने यकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्या लाई हेर्दा पोर्चुगलमा करिब २०-२५ हजार को संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ ।
नेपाली वाणिज्य दूतावास लिस्वन, एनआरएनए पोर्चुगल र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्य लाई अगाडी बढाईने भएको छ । वाणिज्य दूतावास को पहलमा ७ जनवरी २०१६ मा सम्पन्न एक सर्वपक्षिय बैठक ले यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । कार्य सम्पादन लाई सहजता प्रदान गर्न वाणिज्य दुत मकर बहादुर हमाल को संयोजकत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलीत एक समिती समेत उक्त बैठक ले निर्माण गरेको छ ।
यसअघि सन् २०१० तिर एनआरएनए पोर्चुगल ले यो कार्य प्ररारम्भ गरेता पनि विविध कारण ले फलदायी हुन सकेन । यसपटक भने यस अभियान लाई उपलब्धि मुलक बनाउने सोच का साथ सरोकारवालाहरु लागि परेको देखिन्छ । पोर्चुगलमा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले यस कार्य लाई सफल पार्न आ-आफनो स्थान बाट सहयोग गर्ने आशा समिती ले लिएको छ ।
दिनप्रतिदिन बढदै गएको नेपाली समुदायका समस्या हरुलाई उजागर गर्दै समाधानका उपायहरु पहिल्याउन तथ्यांक संकलन शुरु गरिएको बताउनु हुन्छ वाणिज्य दुत हमाल ।

तथ्यांक संकलन किन ?
१. नेपाल एबम पोर्चुगल मा अधिकार सम्पन्न कुटनैतिक नियोगको स्थापना का लागि हस्ताक्षर संकलन गरि सम्बन्धित देश लाई दवाव दिन ।
२. नेपाल र नेपालीको कला, संस्कृति झल्कने नेपाल हाउसको स्थापनाको स्थानीय लिस्वन महानगर पालिका लाई नेपालीहरुको वास्तविक सन्ख्याको विवरण बुझाउन ।
३. पोर्चुगिज सरकारको तर्फ बाट नेपाली समुदाय ले आप्रवासीहरु सामुहिक सम्बधन प्राप्त गर्न ।
४. नेपाली समुदायका बिचमा भैपरी आउन सक्ने घटनाको तत्काल उद्धार र सहयोगका लागि सहजता प्रदान गर्न ।