लन्डनमा आतंककारी हमला हुन सक्ने चेतावनी

Britain Stabbing

लण्डन । मुश्लीम समुदायको अधिकारका लागि लडिरहेको इश्लामिक अतिवादी संगठन इश्लामिक स्टेट आइएसआइएसले लण्डन र अन्य युरोपेली मुलुकमा नयां वर्ष सांझ (न्यू इयर इभ) मा आतंकवादी हमलाको योजना बनाएको सुरक्षाविद्हरुले दावी गरेका छन् ।

सिरिया र इराकको केही भाग कब्जामा लिएर पश्चिमा मुलुकमा आतंक मच्चाइरहेको आईएसले बेलायत आक्रमण गर्ने योजना बनाएको छ । अहिले प्रत्येक दिन तीनसय जनासम्म आतंककारी, अपराधी र गैर कानुनी आप्रवासी यूके छिर्ने प्रयत्न गरिरहंदा बेलायतलाई कुनै पनि बेला आतंकवादी आक्रमणको चिन्ता छ ।  आइएसले क्रिसमस र न्यू इयर इभको बीचमा बम हमला हुन सक्नेबारे सचेत गराएको दि टेलिग्राफ अनलाइनले समाचार प्रकाशन गरेको छ ।

तर, होम अफेयर्स सेलेक्ट कमिटीका सभापति किथ भाजले भने नयां वर्ष विगत जस्तै सामान्य तरिकाले नै मनाउन जोड दिएका छन् । यसैबीच, लन्डन बाहिर चार क्षेत्रीय सशस्त्र प्रहरी बल स्थापना हुने अखवारले जनाएको छ ।