बेल्जियम– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल निर्वाचित भएका छन्
आगामी दुईबर्षे कार्यकालको लागी उपाध्यक्षमा विष्णु सापकोटा र राजकुमार पुडासैनी निर्वाचित भए ।
महासचिवमा परमानन्द सापकोटा, सचिवमा मोहन खत्री, कोषाध्यक्ष डिल्लीराम अम्माई, सदस्यहरुमा यामु निरौला, नन्दराज घले, माधब सापकोटा, हरी श्रेष्ठ, सौरभ कारंजित निर्वाचित भए ।
समाजका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षतामा शुक्रवार बेल्जियमको लुभेनमा समाजको चौथो अधिवेशन भएको थियो ।






