अलीले गरे फिटनेस शिविर बहिष्कार

Azhar Aliइस्लामावाद- पाकिस्तान वानडे टिमका कप्तान अजहर अली र ओपन ब्याट्सम्यान मोहम्मद हफिजले स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध पूरा गरेकामोहम्मद आमिरलाई पुनः टिममा फिर्ता गर्न नहुने भन्दै विरोध गरेका छन् । उनले विरोधस्वरूप टिमको फिटनेस सिविर बहिष्कार गरे ।

प्रतिबन्ध भोगिसकेका आमिरलाई पाकिस्तान क्रिकेट बोर्डले फिटनेस शिविरको २६ सदस्यीय दलमा समावेश गरेको छ । पाकिस्तानका टी–२० टिमका कप्तान साहिद अफरिदी पनि फिटनेस शिविरमा छन् ।

पीसीबीले बुधबार विज्ञप्ति जारी गर्दै आमिरलाई राष्ट्रिय टिममा समावेश गर्ने संकेत दिएको छ । ‘इस्लाममा पनि क्षमाको कुरा उल्लेख छ,’ विज्ञप्तिमा उल्लेख छ । पीसीबीको निर्णयमा अलि र हफिजको बहिष्कारले झट्का लागेको छ ।