अख्तियारले पूर्वमन्त्रीबाट असुल्यो २ लाख ६० हजार

hari pd
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीबाट २ लाख ६० हजार रुपैयाँ असुल गरेको छ ।

मन्त्री रहेका बेला पराजुलीले गैर कानुनी रुपमा आफ्ना छोरा गिर्वाणविक्रम पराजुलीलाई अष्ट्रेलिया भ्रमणमा पठाएको विषयमा अख्तियारले छानविन थालेको थियो ।

पूर्वमन्त्री पराजुलीले आफ्ना छोराको भ्रमण लागेको २ लाख ६० हजार रुपैयाँ दुग्ध विकास संस्थानको हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरेको जनाइएको छ ।

पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाँकेमा शेयर सदस्य रहेका आफ्ना छोरालाई संस्थानको खर्चमा गत असरा २९ देखि साउन ४ गतेसम्म अध्ययन भ्रमण टोलीमा अस्ट्रेलिया पठाएका थिए ।