चीन भ्रमण प्रकरण छानविन हुन्छ : गृहमन्त्री

Shakti-basnetकाठमाडौं– गृहमन्त्री शक्तिबहादुर बस्नेतले चीन भ्रमणमा गएकाहरु भुकम्पसँग सम्बन्धीत भएको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भ्रमण टोलीमा भुकम्प प्रभावित सँगै भुकम्पको बेला राहत र उद्दारमा खटिएका ब्यक्तिहरु नै परेको दावी गर्दै भने,‘ भुकम्प प्रभावित क्षेत्रकालाई मात्रै पठाउने होईन, राहत उद्दारमा क्रियाशिल यूवाहरुलाई अनुभव आदान प्रदानको लागि पठाउने हो । सोही अनुसार सचिवालयलाई जिम्मेवारी दिईएको थियो । मेरो मान्छेहरु पनि भुकम्पमा परिचालित भएका ब्यक्ति हुन् ।’

साक्षात्कारमा गृहमन्त्रीले विषय विवादित भईसकेपछि गृहमन्त्रालय पनि जिम्मेवार हुने भन्दै यो प्रकरणमा आएको टिप्पणी र आलोचनाहरुलाई आफूले सकारात्मक फिडब्याकको रुपमा लिने स्पष्ट पारे ।

गृहमन्त्री बस्नेतले विवादमा आए जस्तो भ्रमण टोलीका सदस्यहरु भुकम्प पछिको राहत र उद्दारमा संलग्न हुन कि होईनन भन्नेमा छानविन हुने जानकारी दिदै पार्टीको स्थायी समितिको बैठकमा आफूले नै यो विषयमा कुरा राखेको बताए ।

उनले भने,‘ पार्टीमा विभिन्न प्रकारका साथीहरु हुनु हुन्छ । त्यहाँ धेरै टिप्पणी हुने गर्दछ । कुन साथीले के भन्नु भयो भन्ने कुरा हुँदैन । कुनै ब्यक्तिले भन्दा पनि पार्टीले निर्णय गरेर मन्त्री बनाउने र हटाउने काम हुन्छ । यसमा ब्यक्ति प्रधान हुँदैन ।’