चितवन- एमाले प्रचार विभागले सौराहामा चलेको दुईदिने विशेष राष्ट्रिय भेलाबाट पारित १६ बुँदे प्रस्तावबारे बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो घरायसी समस्या लिएर मधेसी नेताहरु दिल्ली पुगेर सिल्ली पन देखाएको आरोप लगाएका छन् ।
नेपालको समस्या विदेशमा पुर्याएर विदेश मार्फत समस्या समाधान होस भन्ने कुरा राष्ट्रिय चिन्तन नभइ राष्ट्रघाती चिन्तन भएको खनालको भनाइ थियो ।
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले एमालेका बरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सिमाना क्षेत्रमा रहेका एफएम रेडियोहरुले भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रिय एकतालाई विथोल्न खाजेको आरोप लगाए ।
नेता नेपालले सिमाना क्षेत्रमा सञ्चालनमा रहेका मिडियाहरुलाई बोलाएर भ्रामक कुरा सम्प्रेषण नगर्न आग्रह गर्न सरकारकारको ध्यानाकर्षण समेत गराए ।






