नेपाल आउन लागेको रेल रक्सौलमा रोकियो, चीनबाट आउँदै

काठमाडौँ- चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटाएको छ । गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो ।

चिनियाँ सामान भारतको कोलकता बन्दरगाह-वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो ।
नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रिकल सामान बोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट चिव्बतको ग्याइरोङतर्फ छुटेको चिनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार २८ लाख अमेरिकी डलर बराबरको सामान बोकेर रेल ग्वान्जाओवाट ५ हजार २ सय ७० किलोमिटर दूरीमा पर्ने ग्याइरोङतर्फ लागेको हो ।
ती सामान ट्रकबाट ग्याइरोङदेखि ८७० किलोमिटरमा रहेको काठमाडौं ल्याइनेछ ।

उता रक्सौल स्थित भारतीय कस्टम कार्यालयनजिकै स्थानीयले आइतबार बिहानैदेखि धर्ना दिएपछि रेल्वेमार्फत नेपाल आउने सामान रोकिएका छन् ।
धर्नाले नेपालका लागि लदैनिक डेढ सयभन्दा बढी गाडीमा आउने औद्योगिक कच्चा पदार्थ रोकिएपछि आयातकर्ता चिन्तित बनोका छन् ।