काठमाडौं- कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताएका छन्।
पत्रकार भेटघाटमा उनले पछि नहट्ने गरी सभापतिको उम्मेदवार बन्ने बताएका हुन्। ‘पूर्वदेखि पश्चिमसम्मका साथीहरूले भनेका छन्, यसपटक उठ्छु,’ उनले भने। जिल्ला र क्षेत्रको अधिवेशनपछि मात्र आधिकारिक उम्मेदवारी घोषणा गर्ने उनले बताए।
उनले कार्यकर्तासँग प्रधानमन्त्री निर्वाचनमा पनि आफूले उम्मेदवारी दिन पाएको भए जित्ने दाबी गरे।






