पिता बनेको खुसीमा जुकरवर्गले दिए ४५ अर्ब डलर

एजेन्सी: फेसबुकका सिइओ मार्क जुकरवर्गले छोरी जन्‍मिएको खुसियालीमा फेसबुकको आफ्‍नो ९९ प्रतिशत सेयर परोकारी कामका लागि दान दिने घोषणा गरेका छन्। उनकी श्रमती प्रिसिलाले छोरीलाई जन्‍म दिएपछि जुकरवर्गले यस्तो घोषणा गरेका हुन्। उनले छोरीको नाम ‘म्याक्स’ राखेका छन्।

जुकरवर्गले गरेको घोषणा अनुसार अहिले फेसबुकमा रहेको करिव ४५ अर्ब डलर परोपकारी कामका लागि दिने छन्। यसका लागि उनले ‘चान-जुकरवर्ग इनिसियटिभ’ नामक कोषणको स्थापना गरेका छन्। यो घोषणासँगै उनी विश्‍वमै यति ठूलो रकम दान दिने पहिलो व्‍यक्ति भएका छन्।उनकी श्रमती प्रिसिला चिनियाँ मूलकी हुन्। उनीहरुको भेट पढ्‍ने सिलसिलामा हाभर्ड विश्वविद्यालयमा भएको थियो। उनीहरुको भेट प्रेममा बदलिएपछि सन २०१२ मा उनीहरुले विवाह गरेका थिए। छोरी ‘म्याक्स’ जन्मिएको खुसीयालीमा जुकरवर्ग दम्‍पति फेसबुकबाट दुई महिना विदा लिएका छन्।

विश्वलार्इ सुन्दर ठाउँ बनाउने सपना

जुकरबर्गले दान गर्ने घोषणा गरेको शेयरको अहिलेको मूल्य करिब ४५ अर्ब अमेरिकी डलर रहेको छ । जुकरबर्गले लेखेको पत्रमा उनी आफ्नी छोरी म्याक्स र अन्य बच्चाहरुका लागि विश्वलार्इ सुन्दर बनाउन चाहन्छन् । विश्वलार्इ सुन्दर बनाउनकै लागि उनले यो शेयर बेच्ने घोषणा गरेका हुन् ।

‘म्याक्स, हामी तिमीलार्इ माया गर्छौं र यो दुनियाँलार्इ तिम्रो लागि र सबै बच्चाहरुका लागि एक सुन्दर स्थान बनाएर जाने महत्वपूर्ण जिम्मेवारी महसुस गरेका छौं’, पत्रमा जुकरबर्ग र उनकी पत्नी डाक्टर प्रिसिला चानले भनेका छन्, ‘हामी तिम्रो लागि पनि यस्तो जीवनको आशा गर्छौं, जुन त्यति नै माया, आशा र आनन्दले भरिएको होस् जति तिमीले हाम्रो जीवनमा दियौ । तिमीले यो विश्वलार्इ के दिन्छौ ? हामी धैर्यताका साथ प्रतिक्षारत छौं ।’