सुजाताले फेरि भनिन्, ‘सभापति पदमा उम्मेदवारी दिन्छु’

Sujata-Koirala
पाल्पा- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् ।

नेपाल प्रेस युनियनद्वारा शुक्रबार पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने विचार प्रकट गरिन् । विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ थियो ।

उनले भनिन्–‘अब विकास नै राजनीति हो । त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै जानुपर्छ ।’

आसन्न १३औं महाधिवेशनमा युवा वर्ग अगाडि आउनुपर्नेमा उनको जोड थियो ।

छिट्टै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।