गृहजिल्लामै उपेन्द्र यादवलाई प्रवेश रोक !

itahariकाठमाडौं- संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई गृहजिल्ला सुनसरीमै प्रवेश रोक लगाइएको छ ।

यादवको नेतृत्व्मो मधेसी मोर्चाले गर्ने भनेको पूर्व निर्धारित आमसभालाई सुनसरीको इटहरीमा विथोल्न स्वतस्फूर्त रुपमा स्थानीय सडकमा उत्रेपछि इटहरी बिहानदेखि तनावग्रस्त बनेको छ ।

कार्यक्रम स्थाल इटहरी- १ को खेतीखोला छेउमा बनाइएको मञ्च बिहान युवाहरुले आगजनी गरेका थिए । आगजनी पछि प्रहरीले कार्यक्रम स्थललाई घेरा हालेर सुरक्षा दिइरहेको छ । प्रर्दशनकारीले भने सडकको चारैतिर टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुले यातायात र बजार समेत बन्द गराएका छन् ।

‘उपेन्द्रलाई छिर्न दिन्नौं’ भन्दै इटहरी प्रवेश गर्ने चारैवटा नाकामा टायर बालेर प्रर्दशन गरिरहेका छन् । आगो लगाएपनि मञ्च पुन तयार गरिएको छ ।

धरानबाट कार्यक्रमका लागि इटहरी पुगेका समाजवादीका कार्यकर्तालाई स्थानीय युवाहरुले लखेटेका छन् । उनीहरुले बोकेको समाजवादीको झण्डा समेत खोसेर जलाई दिएका छन् ।

कार्यक्रममा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, कुमार लिङ्देन लगायतले सभालाई सम्बोधन गर्ने प्रचार गरिएको थियो ।

प्रहरीले राजेन्द्र महतोलाई सुरक्षा दिन नसकिने यसअघि नै जानकारी गराइसकेको छ ।