झापा, ११ मंसिर । दक्षिणी झापाको केचनामा नेपाल प्रहरीले चलाएको गोली लागेर आज विहान एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा केचना –५ कि ५५ वर्षीया द्रौपदी गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो । नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारततर्फ गईरहेको सूचना पाएर पुगेको प्रहरी र स्थानीयवासीबीच विवाद उत्पन्न भएपछि प्रहरीमाथि ढुङ्गामूडा प्रहार भएको थियो ।
दशगजा क्षेत्रमा भएको विवादको क्रममा भारतीय पक्षले नेपाल प्रहरीमाथि ढुङ्गामूडा प्रहार गर्दै गोली प्रहार गरेपछि नेपाल प्रहरीले जवाफी कारवाहीका लागि गोली चलाएको दाहालले बताउनुभयो ।
भारतीय पक्षले लगातार ४ राउण्ड गोली प्रहार गरेपछि जवाफी कारवाहीका लागि नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको बताइएको छ । सोही क्रममा प्रहरीले फायरिङ गरेको गोलीको छर्रा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइते महिलाको तीघ्रामा गोली लागेको छ । उनको अहिले भद्रपुरस्थित ओमसाई हस्पिटलमा उपचार भइरहेको छ ।
नेपाल-भारत सीमा नाकामा गोली हानाहान






