एजेन्सी : लिबियामा अमेरिकाले गरेको एक हवाई हमलामा इस्लामिक स्टेटका एक शीर्ष नेता मारिएका छन् । पेन्टागनस्थित अमेरिकी रक्षामन्त्रालयले आइतबार यो कुराको पुष्टि गरेको हो ।
पेन्टागनका प्रेस सचिव पिटर कुकले बताए अनुसार १३ नोभेम्बरमा अमेरिकी सेनाले लिबियामा अबु नाबिल अर्थात विसाम नज्म अब्द जाएद अल जुबायदीलार्इ लक्षित गरी हवार्इ हमला गरेको थियो ।
हवार्इ हमलामा मारिउका यी इराकी नागरिक लामो समयसम्म अल कायदासँग आवद्ध थिए । उनी पछिल्लो समय लिबियामा आईएसआईएसका एक वरिष्ठ नेता रहेका थिए ।
कुकले जनाए अनुसार अनुसार नाबिल फेब्रुअरी २०१५ मा एक ईसाईको हत्या गरिएको भिडियोमा प्रवक्ता रहेका थिए ।
‘नाबिलको मृत्युबाट लिबियामा आईएसआईएसको योजना पूरा गर्न कठिन हुनेछ’, कुकले भने, ‘उनीहरुको योजनामा आईएसआईएसका नयाँ सदस्यको भर्ती, लिबियामा बेसको स्थापना र अमेरिकामा हमलाको योजना पनि सामेल रहेका छन् ।’
उनले बताए अनुसार लिबियामा आतंकवादीविरुद्ध यो पहिलो अमेरिकी हमला होइन । तर लिबियामा कुनै आईएसआईएसका नेताविरुद्ध भने यो पहिलो अमेरिकी हमला हो ।
उनले यो हमलाले आईएसआईएसका नेता जहाँ लुकेपनि अमेरिकी सेना त्यहीँ पुगेर धावा बोल्ने चेतावनी दिएका छन् । कुकले बताए अनुसार यो हमला पेरिसमा आतंकवादी हमला हुनुभन्दा पहिले नै थालिएको थियो ।







