ग्रीनफोर्ड हलमा देखाइंदै वडा नम्बर ६

woda num 6

लन्डन । काठमाण्डौंमा एक साता नबित्दै एक करोड रुपैंया बढिको व्यापार गर्न सफल अहिलेको सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ बेलायतमा पुन प्रदर्शन हुने भएको छ ।

विजया दशमी तथा दिपावलीको अवसर पारेर गत महिना अक्टुबर २४ तारिखका दिन अल्डरसटको एम्पाएर हलमा भएको सफल प्रदर्शनी पछि दर्शकहरुको अत्यधिक माग भएका कारण यहि नोभेम्बर २२ तारिखमा लण्डनको ग्रीनफोर्ड हलमा सांझ ६ बजे  पुन प्रदर्शन गर्न लागिएको आयोजक मध्यका बिरेन खड्काले बताए ।

नेपलिज इन्टरटेनमेन्टका लागि वीरेन खड्का र अनिल मल्लले फिल्म बेलायतमा ल्याएका हुन् । खड्कालाई उक्त फिल्म बेलायतभर प्रदर्शन गर्ने अधिकार छ । यसअघि मह जोडी, अन्जु पन्त, शिव परियार, प्रियंका कार्की लगायत लोकप्रिय कलाकार झिकाएर बेलायतमा सफल कार्यक्रम गरिसकेका खड्काले दशैं तिहार शुभकामनासहित भरपुर मनोरन्जन दिन वडा नम्बर ६ देखाउन लागिएको जनाए ।विदेशमा नेपाली चलचित्र प्रवर्धन गर्ने सोच समेत आफूहरुको भएको खड्काले बताए ।

 

उनले  काठमाडौं करनर , गोर्खा स्पाइेस् , मामाज रेस्टुरेन्ट ,गोल्डेन सिप ,हंग्री यति ,मोमो हाउस र पोल्स्की स्केल्पमा टिकट उपलव्ध हुने जनाए । टिकट मुल्य एड्भान्समा लिए जम्मा दश पाउण्ड र प्रवेशद्वारमा लिए १५ पाउण्ड लाग्ने आयोजकले जनाएका छन् ।

करिब ८० लाख रुपैयांको लगानीमा बनेको उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो), राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ । हांस्यकलाकारहरुको निर्माण र अभिनय भएपनि माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शक मन जितेको विश्लेषकहरुको भनाइ छ ।

गत महिना बेलाएतमा भएको प्रदर्शनीमा दर्शकहरुलाइ निकै हँसाउन सफल भएको थियो भने दर्शकहरुले पनि टिकटको पैसा सहि रुपमा सदुपयोग भएको भन्दै प्रतिक्रिया दिएका थिए ।