काठमाडौं १९ कात्तिक, । अमेरिकाले नेपालमा गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल र भारत सीमामा बढ्दो अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।
जसले वैशाख १२ को भूकम्पबाट प्रभावित क्षेत्रहरुका साथै इन्धन, औषधी र खाद्य पदार्थको गम्भीर अभाव सृजनाा भएको बताएको छ ।
हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको अवस्थामा अन्तराष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरुमा महत्वपूर्ण राहत तथा आवास सामाग्री पुर्याउज सकिरहेको छैन, दूताबासले भनेको छ, जनजीवन जोखिममा छ र यसका कारण मानवीय संकट आउने हो कि भन्ने चिन्ता छ ।
अमेरिकाले संकट समाधानका लागि सम्वद्ध पक्षहरुले आफ्नो प्रयास दोब्बर पार्नु पर्नेमा जोड दिएको छ । सबै नेपालीका आकांक्षाहरुलाई संविधानले समेटोस् भन्ने सुनिश्चिच गर्नका लागि अर्थपूर्ण राजनीतिक सम्वादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्छ, दूताबासले भनेको छ ।
नेपाल आफ्नो लोकतान्त्रिक मार्गमा अघि बढिरहेको भन्दै अमेरिकाले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको समेत बताएको छ ।







