४ कात्तिक । नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीबिरुद्ध बंगलादेशका नागरिकहरु सडकमा उत्रिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
नाकाबन्दी अमानवीय र दक्षिण एसियाको विकासबिरोधी कदम भन्दै बंगलादेशमा भारतविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो । बंगलादेशको राजधानी ढाका र अन्य सहरका नागरिकले नेपाललाई साथ दिँदै भारतविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
यसअघि बंगलादेशका वाणिज्यमन्त्री टोफेल अहमदले एक अन्तर्वार्ताका क्रममा भारतीय नाकाबन्दीको कडा शब्दमा विरोध गरेका थिए । उनले नेपालमाथिको नाकाबन्दी सार्क मर्म र भावना विपरित भएको भन्दै तत्काल नाकाबन्दी खोल्न भारतलाई आग्रह गरेका थिए ।
भारतीय नाकाबन्दीविरुद्ध सडकमा उत्रिए बंगलादेशका नागरिक






