
सम्पादक जोन्स महत्त्वपूर्ण सुझाव दिन त्यहाँ पुगेका थिए। अमेरिकालाई सेक्सको विषयमा संकुचितबाट सर्वव्यापी धारणा बनाउन उन्मुख क्रान्तिको नेतृत्व गरिरहेको यो म्यागजिनले अब महिलाको नग्न तस्विर छाप्न नहुने उनको विचार थियो।
झण्डै नौ दशक बिताएका हेफ्नर त्यो कुरामा सहमत भए।
नतिजा : अब आउँदो मार्च महिनामा म्यागजिनको अर्को अंक छापिनेछ। जसमा महिलाको कामुक शैलीका तस्विर त छापिनेछ तर पहिले जस्तो ती तस्विरमा नग्नता भने हुने छैन।
यसका कर्मचारीहरुले प्लेब्वाईलाई आफैले सुरुवात गरेको परिवर्तन मानेका छन्। “ त्यो युद्ध हामीले लड्यौं र जित्यौं, कम्पनीका प्रमुख स्कट फ्ल्यान्डर्सले भने, “अब तपाइँ र सबै कल्पनाशील यौनकार्य बीच मात्र एक क्लिकको दुरी छ। र, त्यसकारण यो टाइमपास मात्र हो।”

संस्थापक हग हेफ्नर
हरायो विशिष्टता
एक जमानामा अमेरिकी पुरुषमा प्लेब्वाई म्यागजिन पढ्ने चलन थियो। अहिलेका इन्टरनेटसहितको फोन किशोरकिशोरीका हातहातमा हुन्छन्। प्ले ब्वाईका समकालीन पोर्नोग्राफिक म्यागजिनहरुमा पनि यसको सान्दर्भिकता तथा विशिष्ट मूल्य हराएको छ।
अलायन्स फर अडिटेड मिडियाले देखाएको तथ्याङ्क अनुसार सन् १९७५ देखि प्लेब्वाईको बिक्री ५६ लाखबाट घटेर आठ लाखसम्म पुगेको छ। यसबाट प्रभावित कयौं म्यागजिनहरु गायब भइसके। केही हदसम्म सानो रुपमा आफ्नो अस्तित्व जोगाउन सकेका केही एडल्ट म्यागजिनहरु प्रायः विशेष स्टोरहरुमा मात्र भेटिन्छन्। प्लेब्वाईको प्रतिस्पर्धी पेन्टहाउसले अझ स्पष्ट रहेर डिजिटल पोर्नोग्राफीले उभ्याएका चुनौतिहरुको डटेर सामना गरिरहेको छ। यो कहिले स्थिर भने रहेन।
असफल भयो सुधार प्रयास
तीन वर्ष अगाडि प्ले ब्वाईमा केही सुधार ल्याउने प्रयत्न गरिए पनि त्यो प्रयास विफल रह्यो। यस म्यागजिनलाई महिला माथि शोषण गरेको आरोप लगाउनेहरु यो प्रयासबाट सन्तुष्ट भए।
तर कम्पनीले गरेको अनुसन्धान अनुसार एप्पल र नाइकसँगै प्ले ब्वाईको लोगो पनि विश्वका सबैभन्दा परिचित लोगोहरुमध्येमा पर्छ।
स्कट फ्ल्यान्डर्स भन्छन्, “यदि नग्नतालाई नै उतार्ने हो भने के बाँकी रहला? प्ले ब्वाईले यो प्रश्नको उत्तर दिन खोजिरहेछ।”
वेबबाट विभाजित भएको मिडिया मार्केटमा प्ले ब्वाईको प्रभावले उचाइ छुने कुरा कल्पना गर्न पनि मुश्किल पर्छ। सन् १९७२ मा प्ले ब्वाई ७० लाखभन्दा बढि कपि बिक्यो। धेरैले पढेका विषय मध्य एक न्यायधीशको फैसला चर्चित बन्यो।
ती न्यायधीशले नेत्रविहीनलाई ब्रेल भर्सनबाट बञ्चित पार्नु अमेरिकी संविधानमा उल्लेखित हकको हनन भएको फैसला गरेका थिए।
त्यसैगरी यसले मार्गरेट एटवुड र हारुकी मुराकामीका कथाहरु प्रकाशित गर्यो। र, चर्चित व्यक्तित्व जस्तै मालकल्म एक्स, भ्लादिमीर नाबोकोभ, मार्टिन लुथर किङसँग लिइएका अन्तर्वार्ता पनि प्रकाशित भए। सबै अन्तर्वार्ता ती व्यक्तिहरुको आफ्नो पत्नीबाहेकका महिलाप्रतिको आकर्षण जस्ता रोचक प्रसंगका कारण चर्चित बन्यो।
त्यस्तै आफ्नो समयका चर्चित मोडल म्याडोना, स्यारोन स्टोन र नाओमी क्याम्पबेलले पनि म्यागजिनका लागि फोटो खिचाए। यसलाई मन नपराउनेहरु पनि यसको सक्दो चियोचर्चा गर्न लागे।
यस्तो थियो पहिलो कभर

सन् १९५३ हेफ्नरले आत्मसन्तुष्टिकालागी कभरमा मार्लिन मुनरोलाई चित्रण गर्दै यस म्यागजिनको स्थापना गरेका थिए। उनले आफ्नो पहिलो सम्पादकीयमा भनेका थिए, प्ले ब्वाई १८ देखि ८० वर्षसम्मका उमेर समूहका लागि उपयुक्त छ। हामी ककटेल मिसाउँदै, केही समय थोरै ध्यान पोर्नोग्राफीमा दिई र महिला सम्बन्धित जानकारीमा पिकासो, नित्से, ज्याज, सेक्स जस्ता विषयमा गफ गर्न निम्तो दिँदै मनोरञ्जन लिन्छौं। अर्को अंक छाप्ने सोच नभएकाले उनले कभरमा प्रकाशित मिति भने उल्लेख गरेनन्।
नग्नता उतारेपछि के बाँकी रहला?
टास्चेनका सम्पादक तथा सिक्स भोलुम हिस्ट्री अफ मेन्स म्यागजिनका लेखक डियान ह्यान्सनले भने, हेफ्नरले अमेरिकाको यौन जीवन र जीवन जिउने शैलीमा क्रान्ति ल्याएका छन्। तर प्ले ब्वाईबाट नग्नतालाई उतारेपछि बाँकी के रहला?
६२ वर्षपछिको नयाँ डिजाइन धेरै व्यवहारिक छ। फ्लन्डर्सका अनुसार म्यागजिनले केही विषयवस्तु फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उपलब्ध गराउन सुरक्षित राखेको थियो।
पछिल्लो वर्षको अगस्टमा यसको वेबसाइट नग्नताले भरिएका थिए। अन्ततः प्ले ब्वाईका कर्मचारीहरुले भने, यसको वेबसाइटका प्रयोगकर्ता ४० मिलियन प्रति महिनाको दरले बढेर करिब १ करोड ६० लाख पुग्यो।
प्ले ब्वाईका प्रमुख कन्टेन्ट अफिसरको रुपमा यसको वेबसाइट पनि सम्हाल्दै आएका जोन्सले भने, म्यागजिनले अझ आधुनिक शैलीहरु अपनाउनेछ। त्यसमा प्लेमेट अफ दि मन्थ रहनेछ तर पिक्चरहरु इन्स्टाग्रामको रेसियर सेक्सन जस्तै “पिजी–१३” र सानो हुन्छ। “धेरथोर पहुँचयोग्य, धेरथोर घनिष्ट”, उनले भने। तर त्यहाँ सेन्टरफोल्ड राख्ने नराख्ने कुरा भने तोकिएको छैन।
सेक्स स्तम्भकार जोनका अनुसार यौनको विषयमा उत्साहपूर्ण रुपमा लेख्ने यौनमैत्री महिला पनि राखिनेछ। प्ले ब्वाईले यसको अनुसन्धनात्मक पत्रकारिता, अन्तरंग अन्तर्वार्ता तथा आख्यानलाई भने कायम राख्नेछ। फ्ल्यान्डर्सले भने, यसका लक्षित दर्शक सहरमा बस्ने युवावर्ग हुनेछन्। उनका अनुसार व्यवसायिक पक्षको हिस्साको रुपमा मदिराको कभरेजलाई ज्यादा स्थान दिइने छ। सबै नयाँ विषयहरुलाई निश्चित समूहमा परीक्षण गरिनेछ। अनुसन्धानबाट पाएको जानकारी अनुसार युवा कला क्षेत्रबाट प्रभावित छन्। त्यसैले म्यागजिनमा कलाकारहरुको विषयवस्तुलाई प्राथमिता दिइनेछ।
कम्पनीले यसको सर्वव्यापी ब्राण्ड तथा लोगो विश्वभरी उपलब्ध गराएर धेरैजसो कमाइ गरेको छ। चीनमा यो म्यागजिन उपलब्ध नभएपनि यसको कमाइको ४० प्रतिशत भाग त्यहाँबाट प्राप्त हुन्छ। नग्नताको मुख्य जोखिम भनेको व्यापारीबाट आउने कचकच र यसको वितरणमा हुने घटबढ हो।

कार्ल जोन्स
३० लाख डलर मासिक घाटा
प्ले ब्वाईको ६० प्रतिशत शेयरको हिस्सा रिज्बी ट्रान्सभर्स म्यानेजमेन्टको हो भने करिब ३० प्रतिशत हेफ्नरको स्वामित्वमा छ। (बाँकी प्ले ब्वाई म्यानेजमेन्टको स्वामित्वमा छ)
फ्ल्यान्डर्सले भने, विश्वका अन्य मुलुकमा यसको कमाइको हिसाब गर्ने हो भने यो नाफामा छ। तर अमेरिकाको प्रकाशनले महिनै पिच्छे यसले करिब ३० लाख डलर घाटा बेहोरीरहेको छ। उनले यसलाई मार्केटिङ खर्चको रुपमा लिएको बताए ।
फ्ल्यान्डर्स र जोन्सले प्ले ब्वाई अझै सान्दर्भिक रहेको महशुस गरेका छन्। किनकि विश्वले क्रमशः जोनको सामाजिक विषयहरु माथिको स्वतन्त्र विचारहरुलाई स्थान दिएको छ ।
“मलाई गलत नसोच्नुस्”, प्ले ब्वाईबाट नग्नता हटाउने आफ्नो निर्णयबारे बोल्दै जोन्सले भने, “बाह्र वर्ष उमेरको म अहिलेको म प्रति असन्तुष्ट छ। तर यो निर्णय सही छ।”






