तीन नेता चीन प्रस्थान

काठमाण्डौ २६ असोज । इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) को असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन दलका नेता मंगलबार छिमेकी चीनको बेइजिङ गएका छन्।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली चीन गएका हुन्।
एमालेका सचिव ज्ञवालीले आफू चीनमा हुने रेशम मार्गसम्बन्धी सम्मेलनमा पनि सहभागी भई आगामी साता स्वदेश फर्कने जानकारी दिए।
यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ती कार्यक्रममा जाने तय भएपनि नयाँ सरकारको विस्तारका काम बाँकी रहेकाले उनको भ्रमण रद्द भएको छ।