
काठमाडौं : दुःखमा परेका नेपालीहरुको संकटको साथी बन्दैं आएकी बनेकी समाजसेवी इशा गुुरुङले दृष्टिविहिन दम्पतीलाई आर्थिक सहयोग गरेकी छिन् । उनले विनाशकारी भूकम्पबाट पीडित दृष्टिविहिन दम्पतीलाई १ लाख ११ हजार आर्थिक सहयोग गरेकी हुन् ।
अछाम तल्च–६ स्थायी घर भइ भक्त्तपुर सानोठिमीमा बस्दैं आएका दृष्टिविहिन दम्पती सुशिल थापा र सुुनिता थापालाई उनले सो आर्थिक सहयोग गरेकी हुन् । गुुरुङले बेलायतबाट पठाएको आर्थिक सहयोग आइतबार प्रवासी नेपाली मञ्च युको अध्यक्ष रामशरण सिमखडा काठमाडौंमा हस्तान्तरण गरे ।

यसअघि पनि उनले प्रवाशी नेपाली मञ्च युके माफर्त धेरै संकटमा परेकालाई सहयोग गरेको अध्यक्ष सिमखडाको भनाई छ । ‘संकटमा परेकाहरुलाई उहाँले धेरै ठुलो सहयोग गर्दै आउनुुभएको छ, यसअघि ५० औ लाख सहयोग गरीसक्नुु भएको छ’ उनले भने,‘यो उहाँको सातौ सहयोग हो ।’
अध्यक्ष सिमखडाका अनुसार दृष्टिविहिन थापा दम्पतीले मनैबत्ती–अगरबत्ती बनाएर जीवन धान्दै आएका थिए । तर, गत बैसाख २९ मा गएको दोस्रो ठुलो विनाशकारी भूकम्पले उनीहरुको सानो उद्योग ध्वस्त बनाइदिएको छ । यसअघि नायक शर्मिला मल्ल र नायक कृष्ण मल्ल दम्पतीले उनीहरुलाई १० हजार सहयोग गरेका थिए । मल्ल दम्पतीले सहयोग गरेको समाचार प्रकाशित भएपछि इशाले पनि सहयोग जुटाइदिएकी हुन् ।
उनी कुनै त्यस्तो ‘धनको करोडपतिु भने होइनन् । तर, ‘मनकी भने अर्बपति’ इशाले अहिलेसम्म संकटमा परेकाहरुलाई ५० लाखभन्दा बढी सहयोग गरीसकेकी छिन् । उनको यो सातौं अभियान हो ।
संकटको साथी बन्दैं इशा गुुरुङ
पोखरा स्थायी घर भएकी इशा बेलायतमा बसोबास गर्छिन् । उनी कुनै त्यस्तो ‘धनको करोडपति’ भने होइनन् । तर, ‘मनकी भने अर्बपति’ इशाले अहिलेसम्म संकटमा परेकाहरुलाई ५० लाखभन्दा बढी सहयोग गरीसकेकी छिन् । उनको यो सातौं अभियान हो ।

इशाले कसैलाई संकट परेको समाचार थाहा पाएपछि सहयोगको आह्रवान गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्छिन् । इशाको पोष्ट हेरेपछि मनकारीहरुले आर्थिक सहयोग गर्ने गरेका छन् । त्यही सहयोग संकलन गरेर इशाले पीडितसम्म लगीदिने काम गरेका छन् । यसअघि उनले भूकम्प पीडित, चेपाङ समुदाय कमलरी, शिब रेंग्मी बचाउ अभियान लगायत हेल्प नेपाल र अन्य सामाजिक ११ वटा संस्थालाई ४३ लाखभन्दा बढी सहयोग गरिसकेकी छिन् ।
दशैंको मुखमा सहयोग पाएपछि दृष्टिविहिनको घरमा खुुसी
नेपालीहरुको महान चाड दशैंतिहारको मुखमा आर्थिक सहयोग पाएपछि दृष्टिविहिन दम्पती दंग परेका छन् । संकटको बेला सहयोग गरेको भन्दै उनीहरुले आभार प्रकट गरे । उनीहरुले भने, ‘हाम्रो दुुःखमा साथ दिनुुभएकोमा हामी धेरै खुुसी छौं, आभारी छौं ।’







