मुलुकभित्रै पेट्रोल खोज्न जुट्यो सरकार

petrol-oilकाठमाडौं, २४ असोज । मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ अन्नेषणमा जुटेको छ ।

 

विगतमा अन्नेषणका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको छ ।

 

यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अन्नेषणको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

 

धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ ।