पशुपति मन्दिर लण्डनमा १७ सदस्यीय कार्यसमिति:अध्यक्षमा बालजंग अर्याल, फोटो फिचर

लण्डन ।

लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा बालजंग अर्याल निर्वाचित भएका छन । आइतबार सम्पन्न मन्दिरको पहिलो साधारणसभाले अर्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो ।m 2

नयां कार्यसमितिमा सहदेव गिरी उपाध्यक्ष तथा अर्जुन गौतम महासचिवको जिम्मेवारीमा आएका छन । त्यस्तै यादव भण्डारीले सहसचिव र दासुराम पाण्डेले कोषाध्यक्षको भुमिका पाएका छन ।

सदस्यहरुमा भने गणेश बास्तोला, कुमार श्रेष्ठ, चक्रबहादुर राना, श्याम शेरचन, विनोद न्यौपाने, हरिलाल पन्त, हरि गुरुंग, जित रानाभाट, शेखर वाग्ले, सरिता पौडेल, तारा भट्टराई र तुलसा शर्मा चुनिएका छन । नवनिर्वाचित अध्यक्ष अर्याल बेलायतको नेपाली समुदायमा भद्र समाजसेवीको परिचय बनाएका एक सफल व्यवसायी हुन ।

यसअघि अध्यक्षमा अरु केहि नामहरुको समेत चर्चा भएपनि सबैलाई मिलाएर मन्दिरको हितमा नेतृत्व गर्न सक्ने सर्वमान्य पात्रका रुपमा ट्रस्टीहरुले नै उनलाई अघि सारेका हुन । नयां कार्यसमिति निर्वाचित गर्नका लागि पत्रकार तथा मन्दिरका ट्रस्टी फणिन्द्र भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मतिमा नयां कार्यसमिति चयन भएको घोषणा गरेको थियो । नवनिर्वाचित समितिलाई मन्दिरका पण्डित नीलहरि घिमिरेले शपथ ग्रहण गराएका थिए । त्यस्तै मन्दिरको सत्संग समितिमा गोकुल न्यौपानेलाई संयोजक र विष्णु ज्ञवालीलाई सहसंयोजक तोकिएको छ ।

यसअघि चाल्र्टनस्थित चाल्र्टन एसेम्बलीमा सम्पन्न साधारणसभाको अध्यक्षता अध्यक्ष होम शर्माले गरेका थिए । फत्त थापाले सञ्चालन गरेको सो कार्यक्रममा एनआरएन यूके अध्यक्ष महेन्द्र कण्डेल, विनोद ज्ञवाली, साधारणसभा संयोजक दासुराम पाण्डे लगायतले मन्तव्य दिएका थिए । सभामा कर्ण शाहीको संयोजकत्वमा तयार संस्थाको विधान संशोधनसहित पारित गरिएको थियो ।

साधारणसभाकै क्रममा मन्दिरलाई ५ हजार पाउण्डको चन्दा सहयोग गर्दै ६ जनाले बोर्ड अफ ट्रस्टीको सदस्यता लिएका थिए । मोहन गुरुंग, डा रामकुमार अधिकारी, दिनेश घिमिरे, मोती भण्डारी, गोपाल अर्याल र मिलन भट्टराई थपिएपछि अब मन्दिरका ट्रस्टी ३० जना पुगेका छन ।m4m3m6m8m5m7m0m9