पहिरनमा अमेरिकी भन्दा जापनीज हट

महिलाहरुले ‘फेशनेवल कल्चर’को सन्दर्भमा अमेरिका सँग जापानलाई तुलना गर्ने हो भने अमेरिका भन्दा माथि जापान रहेको तथ्य खुलेको छ । हालै गरिएको एक अनुसन्धानले के पुष्टि गरेको छ भने, जापानी महिलाहरु अमेरिकी झैँ छोटा र पारदर्शी पेन्ट नलगाए पनि उनीहरु पेन्टलाई फरक शैलीमा पहिरिन सिपालु भएको बुझिएको छ । अमेरिकामा झैँ पेन्ट जापानमा खासै लगाइँदैन तर, जापानी कम्पनीहरु तिनै पेन्टहरुलाई उत्तेजक ‘हट’ शैलीमा आफ्ना ग्राहकलाई बिक्रि गर्दैआएको तथ्यले पनि यस्तो पुष्टि गरेको छ । जापानी जीवनशैली हेर्दा उनीहरु छोटा कपडा र त्यसलाई पनि उत्तेजक र आकर्षक शैलीमा पहिरिने गरेको केहि एजेन्सीहरुको अनुसन्धाननबाट खुलेको हो ।