सन्नी लियोन वयस्कले मात्र हेर्ने किसिमको चलचित्रमा पनि अभिनय गर्छिन् तर उनलाई बलिउडमा बेबी डलका नामले धेरैले चिन्छन्।एउटा कुरामा भने उनी बच्चाजस्तै छिन्। उनलाई गुलियो धेरै मन पर्छ। उनी एकैपटक ६–७ वटा क्यान्डी सजिलै खान सक्छिन्। सन्नी अहिले नयाँ चलचित्र ‘एक पहेली लीला’को छायांकनमा व्यस्त छिन्। यो चलचित्र निर्माताले सन्नीको क्यान्डीप्रेम चलचित्रमै समेट्न चाहेका छन्। त्यसैले यस चलचित्रको एउटा गीतमा सन्नी आफ्नो मन पर्ने क्यान्डी खाँदै गरेको अवस्थामा देखिनेछिन्। सन्नीले छायांकनका क्रममा आफ्नो मन पर्ने क्यान्डी पनि मगाएकी हुनसक्ने एजेन्सीहरूले उल्लेख गरेका छन्। गीतको छायांकन सुरु हुनुअगावै उनले १०र१२ वटा क्यान्डी खाइसकेकी थिइन्। पछि भने उनलाई असहज महसुस भयो किनभने धेरै क्यान्डी खाएपछि उनको शरीरमा आवश्यकभन्दा बढी क्यालोरी जम्मा भएको थियो।
यस्तो छ सनी लियोनको क्यान्डी प्रेम






