एजेन्सी । रुसले बिद्रोही समुह स्लामिक स्टेट बिरुद्ध हवाई हमला शुरु गरेको छ । संसदले हवाई हमलाको अनुमति दिए लगत्तै बिद्रोही समुह स्लामीक स्टेटलाई परास्त गर्न भन्दै रुसले हवाई हमला शुरु गरेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । हवाई हमला शुरु गरेसँगै राष्ट्रपति भ्लादिमिर पुटिनले सीरियाका राष्ट्रपति बसार अल असादलाई टेलिफोन गरि गृह युद्ध अन्त्य गर्नकोलागि अन्तराष्ट्रिय स्तरमा गरिने संझौताकोलागि तयार रहन आग्रह गरेका छन् । रुसी सञ्चार माध्यमहरुले सीरियाको आग्रहपछि त्यहाको सरकारले हवाई हमला शुरु गरेको उल्लेख गरेका छन् । राष्ट्रपति पुटिनले आफ्नो देशका स्थल सेना सीरियामा नजाने र हवाई कारबाही मात्र गर्ने गर्ने बताएका छन् । राष्ट्रपति पुटिनले यसअघि राष्ट्रसंघको ७० औ महासभालाई सम्बोधन गर्दै विश्वमा आतंकबाद अन्त्य गर्नकोलागि अन्तराष्ट्रिय स्तरमा संझौता गर्नुपर्ने बताएका थिए । सीरिया र इराकबाट हिसात्मक गतिबिधि शुरु गरेको स्लामिक स्टेटले विश्वव्यापी रुपमा त्यस्ता गतिबिधि सन्चालन गर्न सन्जाल विस्तार गरिरहेको बेला अन्तराष्ट्रिय स्तरमा संझौताको अवाज उठेको छ । अमेरिकाले एक वर्ष देखि स्लामिक स्टेट बिरुद्धको कारबाहि शुरु गरेको भएपनि पछिल्लो समय विश्व शक्ति राष्ट्र फ्रान्स, बेलायत, रुस लगायतका देश पनि कारबाहि अभियानमा सामेल भएका हुन् ।
रुसले बिद्रोहि समुह स्लामिक स्टेट बिरुद्ध हवाई हमला शुरु गर्यो






