काठमाडौमा सास्ती भो

भरत पाण्डेय ,

काठमाण्डौ ।
ईन्धन अभाव र जोर विजोर प्रणालीले फाट्टफुट्ट चलेका सार्वजनिक सवारी साधनमा सिट नपाएपछि जिल्ला शिक्षा कार्यालय काठमाण्डौका विनि दामोदर रेग्मी सोमबार हिँडेरै कार्यालय पुगे । ‘अपिस त समयमै पुग्नु प¥यो, गाडी नपाएपछि ५÷६ किलोमिटर हिँड्नै प¥यो ।’ – उनले भने । रेग्मी जस्तै नजिकको दुरी हिँडेरै तय गर्न धेरै कर्मचारीहरु सोमबार बाध्य भए । हिँडेर गन्तव्यमा पुग्नै नसकिनेहरुले भने घण्टौको प्रतिक्षामा सामान जस्तै कोचिएर यात्रा गर्नुप¥यो । नेपालमा ईन्धन अभावका कारण त्यसबाट चल्ने यातायातका साधानमा परेपछि आईतबारदेखि धेरै यात्रुले भोग्नुपरेको सास्ती हो यो ।2_GPJnews_Nepal_KK_Bus%20Terminal_5_web[1]
भारतले नेपाललाई लगाएको अघोषित नाकाबन्दीको पहिलो असर नेपाली यातायात क्षेत्रमा देखिएको छ । नाकाबन्दीले नेपाली बजार ईन्धन अभाव हुँदा काठमाण्डौ उपत्यकामा आईतबार निकै कम मात्र सवारीसाधन चलेका छन् ।  पेट्रोलियम पदार्थको अभाव भन्दै सुरु गरीएको जोर विजोर प्रणालीले अन्य समयमा भन्दा आधा कम सवारी संचानल भए पछि निकै समस्या देखिएको छ । उपत्यकाको तिनै जिल्लामा थोरै सवारी साधनहरु संचानल भएपछि त्यसको त्यसको असर यात्रुमा परेको छ । गाडी कम चलेपछि यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
यात्रुको निकै चाप हुने गरेको रत्नपार्क –कंलकी, रत्नपार्क –नयाँबस पार्क, भक्तपुर –रत्नपार्क, धुलिखेल– काठमाडौ, रत्नपार्क –लगनखेलका रुटमा भने निकै कोचाकोच भएर यात्र गर्न सर्वसाधरणहरु बाध्य भएका छन् । ईन्धन अभावका कारण उपत्यकामा सवारी साधन तीन गुणा कम गुडेको यातायात व्यवसायीहरु बताउँछन् । ‘एकातिर जोरबिजोर अर्का तिर डिजेलको अभाव तहि पनि सके सम्म जनतालाई सेवा दिइ रहेका छौ’ भक्तपुर मिनीबस सेवा समितिका कार्यलय प्रमुख बिष्णु प्रसाद न्यौपानेले भने ‘भक्तपुरबाट तिन वटा रुटमा दैनिक २ सय भन्दा धेरै बस संचालन गर्दै आएको उक्त समितिले ५० वटा बस चलाउन पनि नसकिने अवस्था छ।’
तर अत्यावस्यक काम गर्नुपर्ने र कार्यालय पुग्नुपर्ने मानिसहरु जसरीपनि यात्रा गर्नुपर्ने भएकोले सामान कोचिएझैँ यात्रु कोचिएर हिँड्नुपरेको छ । यात्रुहरुको चापले प्रतिक्षालयहरु खचाखच भएका देखिन्छन् तर गाडी भने पाईँदैनन् । तर अन्य दिनमा पाचँ मिनेटमा आउने बस हिजोआज २० मिनेटमा समेत नआउदाँ कार्यालय आवतजावतमा निकै दुःख भोग्नु परेको कृषि विकास बैँक केन्द्रिय कार्यालयका भुवन ज्ञवालीले बताए ।

‘अपिस नपुगी भएन, जसरी पनि जानुपर्ने तर गाडी कताकति मात्र चलेपछि सामान कोचिएझैँ कोचिएर यात्रा गर्नुपरेको छ।’ उनले भने । कार्यालय पुग्नुपर्ने र अत्यावस्यक काम गर्नुपर्ने यात्रुहरु सवारीसाधनमा झुण्डिएर पनि यात्रा गर्ने गरेका छन् ।  यसरी झुण्डीएर यात्रा गर्दा कुन बेला दुखद घटना घटन सक्ने डरले त्रसित हुनुपरेको यात्रुहरुको गुनासो छ ।
नेपाल आयल निगमले सबै सवारी साधनलाई सोमबार बाट कोटा प्रणाली अन्र्तगत पेट्रोलियम पदार्थ दिने भएको छ । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ । नेपाल आयल निगमले सबै सवारी साधनलाई सोमबार बाट कोटा प्रणाली अन्र्तगत पेट्रोलियम पदार्थ दिने भएको छ । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ । सरकारले केहि दिनमा नै बैकल्पीक व्यवस्थ नर्गने हो भने एम्बुलेन्स, दमकल, फोहोर बोक्ने सवारी, कार्यलय तथा विद्यालय समेत संचालनमा समस्या आउने संभावना देखिएको सरोकारवालाहरु बताउँछन् ।
उपत्यकामा रहेका करीव ७ लाख २५ हजार गाडी दर्ता छन् । त्यसमध्ये आधा जसोमात्र चलेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यता सवारी चलाउनेहरुले भने जोर विजोर प्रणालीले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । ‘२२÷२३ हजार किस्ता छ, जोर विजोर गाडी चलाएर कसरी तिर्ने ?’ गाडी चलाउन नपाएपछि नौ वर्षदेखि ट्याक्सी चलाउँदै आएका ललितपुर गोदामचौरका राम बहादुर सिलबाल सान्दाईले सोमबार भने ‘नयाँ संविधान आईसकेपछि गरेर खान पाउने त वातारण त हुनुप¥यो नि ।’ ट्याक्सी चलाउन नपाएपछि आफ्नो परीवारको विहान बेलुकाको खर्च धान्न मुस्किल भएको भन्दै उनले छिमेकी संग नमिलेकोमा यो समस्या भोग्नुपरेको बताए ।