उपाध्यक्षमा भट्ट फेरी पनि उठ्ने

NRNA-image1[1](एनआरएनए)को उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै भट्टले आगामी नयाँ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । “आगामी कार्यकालका लागि पनि उपाध्यक्ष पदमै एकपल्ट फेरि उम्मेद्वारीदिने निर्णय गरेको छु,” विज्ञप्तिमा उल्लेख छ,“एनआरएन अभियानमा मेरो बिगत र भावी प्रतिबद्धतालाई मध्यनजर गरेर तपाइहरुले यथोचित न्याय गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु ।” बिगतका कार्यकालमा सुरु भएका कामलाई निरन्तरता दिन पनि आफुले पुनः उम्मेद्वारी दिएको उनले बताएका छन् । उपाध्यक्ष भट्टले एनआएनएको संस्थागत विकासका लागि अझै आँफु एकपटक उपाध्यक्ष पदमा रहन चोहको विज्ञप्तिमा उल्लेख गरेका छन् । यसअघि एनआरएनएका अध्यक्ष शेष घलेले पनि अध्यक्ष पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् । लण्डनमा गत बिहीवार साँझ गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले पुनः एक पटक नेतृत्व गर्न चाहेको बताए थिए । नेपालको नयाँ संविधानले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान ब्यबस्था गरेकोमा स्वागत गर्दै उपाध्यक्ष भट्टले भनेका छन्, “एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने भावनालाई नयाँ संविधानले समेटेको छ । नयाँ संविधानले गैर आवासीय नेपालीहरुको नागरिकताको निरन्तरता दिने भएको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो । गैर आवासीय नेपाली अभियानको एक दशक भन्दा लामो अबधीमा हामीले प्राप्त गरेको यो ठूलो उपलब्धिका लागि म संसारभर छरिएर रहनुभएका दिदीबहिनी दाजुभाइमा हार्दिक बधाई दिन चाहन्छु ।” उनले नयाँ संविधान निर्माण पछि अब देशले विकासको बाटो समाउनेमा विश्वास समेत व्यक्त गरेका छन् । उपाध्यक्ष भट्टले भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि सरकार गम्भिीर भएर लाग्नु पर्नेमा जोड दिएका छन् । नयाँ संविधान निर्माणले विदेशमा रहेको सम्पूर्ण नेपालीलाई समेत उत्साहित बनाएको विज्ञप्तिमा उल्लेख गरेका उपाध्यक्ष भट्टले संविधान निर्माणपछि अब सिंगो नेपालको साझा एजेण्डा आर्थिक बृद्धि हुनु पर्ने उल्लेख गरेका छन् । अक्टुवरमा हुने सातौ बिश्व सम्मेलनले एनआरएनएको नयाँ कार्यसमिति चयन गर्दैछ ।