ट्रक र मोटरसाइकल जुध्दा युवकको मृत्यु, युवती गम्भिर

दाङ, ३ माघ – दाङमा गएराति ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
मृत्यु हुनेमा लालमटिया ३ निवासी २२ वर्षका मोटरसाइकल चालक सुनिल केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिएका छन् ।

त्यसैगरी सोही घटनामा परि मोटरसाइलमा सवार लमही १० निवासी २१ वर्षीया सुनिता नेपाली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । केसीको उपचारका लागि काठमाडौँ लाँदै गर्दा दाउन्नेमा मृत्यु भएको थियो भने घाइते नेपालीको अहिले कोहोलपुरमा उपचार भइरहेको छ ।