फोर्ब्स पत्रिकाको सूचीमा परेका नेपालका एकमात्र विलिनियर चौधरीले लन्डनमा समेत होटल व्यवसाय सञ्चालन गर्ने सोचाइ बनाइरहेको भेटमा सहभागी एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले जनाए । विनोदका छोरा बरुण चौधरी समेत लन्डनमा छन् ।
‘युरोपतिर हस्पिटालिटी व्यवसाय विस्तार गर्ने उहांको सोच रहेछ’, भण्डारीले भने, ‘छोटो मिठो भेटघाट भयो । उहांका प्रेरणादायी भनाइले हामी व्यवसायीलाई पनि उर्जा प्रदान गर्ने रहेछ ।’
भेटमा भण्डारी, व्यवसायीहरु होली काउ ग्रुपका प्रवन्ध निर्देशक कुल आचार्य, मन्टिज रेष्टुरेन्टका सञ्चालक महन्त श्रेष्ठ, खुकुरी बियरका बजार निर्देशक प्रशान्त कुंवर, आसबहादुर गुरुङ लगायत सहभागी थिए ।







