गगनशिला खड्का
ग’ल्मी २८ मंसिर । उद्योग वाणिज्य संघले गुल्मीको वामीमा शाखा स्थापना गरेको छ । केही वर्षदेखि तदर्थ समितिको रुपमा स्थापना भएको शाखा शनिबारदेखि विधीवत शाखाको रुपमा स्थापना भएको छ । सदरमुकाम बाहिर स्थापना भएको यो पहिलो शाखा हो ।
गुल्मी उद्योग वाणिज्यसंघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले शाखाको उद्घाटन गर्दै वामी जिल्लाको सदरमुकाम पछिको व्यापारीक केन्द्र भएकोले शाखा स्थापना गरीएको बताउन’भयो । उहाँले शाखालाई जिल्लामा नमुना बनाउनको लागी सबै राजनितिक दलका प्रतिनिधि तथा सम्पुर्णलाई आग्रह गर्नुभयो । उहाँले यही फाल्गुणमा हुन गईरहेका गुल्मी महोत्सबमा यहाँको सम्पुर्ण ऐतिहासीक, पर्यटकीय स्थल तथा यहाँका उत्पादनहरुलाई प्राथमीकता दिनको लागी पनि सचेत गराउनुभयो ।
सोही अबसरमा उद्योग बाणिज्य संघ गुल्मीका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारी , नेपाल नेत्र ज्योती संघका केन्द्रीय सचिब भरत चन्द, सञ्चारीका गुल्मीकी अध्यक्ष गगनशीला खड्का, नेपाली काङ्ग्रेस गाँउ कार्य समिति वामीका उपाध्यक्ष भिमसेन केसी, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा वामीका सुन्दर प्रधान, वामी बिश्व सम्पर्क मञ्चका सचिब सरोजराज बौद्धाचार्य , स्थानीय ब्यापारी तथा शारदा बिद्या मन्दिर माबि वामी मैदानका शिक्षक चिरञ्जीवी शाक्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उहाँहरुले वामीमा रहेका बिभिन्न महत्वपुर्ण ऐतिहासीक ,धार्मिक तथा पर्यटकीय स्थलहरुलाई संरक्षण प्रबद्र्धन गर्न, वामीको बिकासको लागी सबै निस्वार्थ रुपमा लाग्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघको शाखा वामीमा






