जेनेभा, १८ भदौ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका प्रमुखले युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई दुई लाखभन्दा बढी नै शरणार्थीलाई आश्रय दिन आग्रह गरेको छ । पछिल्लो समयमा शरणार्थीको सङ्ख्या बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै युरोपली संघ आबद्ध राष्ट्रहरुलाई शरणार्थीलाई आश्रय दिन उक्त आयोगका प्रमुखको सो आग्रह आएको हो ।
शरणार्थीले यस समयमा बढी भन्दा बढी सङ्ख्यमा आश्रय माग गरिरहेको अवस्था रहेको बारेमा पनि पनि उच्च आयोगका प्रमुखले सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
शरणार्थी सम्बन्धी सो आयोगले निकट भविश्यमा नै शरणार्थीहरुका लागि आम पुनर्बासको कार्यक्रम अघि सार्न लागेको भन्दै यसअन्तर्गत दुई लाख भन्दा बढी नै व्यक्ति लाभान्वित हुने पनि उहाँले बताउनुभयो ।
उक्त अयोगले गरेको प्रारम्भिक अनुसन्धानबाट कम्तीमा पनि दुई लाख व्यक्तिलाई नै यस्तो पुनर्बासको कार्यक्रम आवश्यक रहेको पाइएको एक विज्ञप्तिमा जनाएको छ ।
सो आयोगका प्रमुख एन्टोनियो गुट्रेसले एक विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ– यो कुनै एकमात्र देशले गर्न सक्ने काम नभएकोले सबै युरोपेली देशलाई यो आग्रह गरिएको छ ।
युरोपमा हालैका दिनमा बढ्दो शरणार्थीेसम्बन्धी समस्याको समाधानका विषयमा युरोपेली देशका विदेशमन्त्रीहरुको बैठक यसै शुक्रबार बस्न लागेकोले सो बैठकको अगावी उहाँको यो आग्रह आएको छ । युरोपेली युनियनको एक स्रोतले दिएको जानकारीअनुसार सो आयोगका अध्यक्षले आगामी हप्ता नै कम्तीमा पनि एक लाख २० हजार जना थप शरणार्थीका लागि पुनर्बास कार्यक्रमको घोषणा गर्न लाग्नुभएको छ ।
युरोपमा शरणार्थी पुनर्बासको योजना






