लन्डन । बेलायतमा नेपालबाट अप्रवास हुने बढ्दो क्रमसँगै नेपाली व्यापारीहरुले सुरुमा रेस्टुरेन्ट व्यवसायबाट आफ्नो उपस्थिति जनाउँदै आएका छन् । हाल आएर ट्राभल्स, नसिंङ होम, खाद्यन्न आदि जस्ता व्यवासय हुँदै पछिल्लो समयमा सुन चाँदी व्यवसायसमेत उल्लेख्य मात्रामा सञ्चालनमा आएका छन् । बेलायतमा दुई लाख नेपाली रहेको अनुमान गरिन्छ ।
युवा व्यवसायी सुजीत श्रेष्ठ र रमेश विश्वकर्माले ३०२ अक्सफोर्ड रोड रेडिङमा कोहिनूर ज्वेलर्स पसल सञ्चालनमा ल्याएका छन् । उक्त पसलको गत साता लण्डन बरोका काउन्सिलर विष्णु गुरुङ र नेपाली रेडिङ समाजका अध्यक्ष मानबहादुर गुरुङले संयुक्तरुपमा उद्घाटन गरे । उद्घाटनसँगै सोही दिनदेखि बिक्री व्यवसाय सञ्चालन सुरु भएको सञ्चालकले जानकारी दिए ।
आफूहरुले व्यवसाय मात्र होइन, विगत १५ वर्षदेखिको अनुभवी कालिगढ भएकाले ग्राहकको चाहनाअनुसार गहनाको डिजाइन गर्ने, छिटो छरितो तयार गर्ने दाबी सञ्चालक द्वय श्रेष्ठ र विश्वकर्माले गरे । ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण गरगहना एकै स्थानबाट प्राप्त हुन सञ्चालक श्रेष्ठले बताए ।
रेडिङमा खुल्यो कोहिनूर ज्वेलर्स






