लेस्टर , श्रीजनसील लेस्टर नेपाली समाजले नेपाली नयाँ वर्ष २०७४ को स्वागतमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री, प्रेम आले मगर ज्यु को अध्यक्षता मा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वेलायतको लागी नेपाली राजदूत श्री, दुर्गा बहादुर सुवेदी एवं श्रीमती पुनम सुवेदी हुनु हुन्थयो भने अन्य अतिथि हरूमा संस्थाका संस्थापक अध्यक्ष श्री,राजु कंडेल, संस्थाका भु.पु. अध्यक्ष श्री दयानिधि सापकोटा र शाझा नेपाली समाज यु के का कोषाध्यक्ष श्री नारायण फुय्याँल को उपस्थिति थियो ।
संश्थाका महा सचिव श्री वरूण भण्डारी जी ले संचालन गर्नु भएको सो कार्यक्रम राष्ट्रीय गानबाट सुरू भएको थियो सोही क्रममा स -साना नानीहरूले सुन्दर नाचगान प्रस्तुत गरेर सबैको ध्यान केन्द्रित गर्न सफल भएका थिए।स्वागत भाषण संस्था की उपाध्यक्ष श्रीमती,छमकला पोखरेल ले गर्नु भएको थियो भने ब्याच बितरण श्री मती सुधा पाण्डे र श्री मती छमकला पोखरेल नै गर्नु भएको थियो।
कार्यक्रम स्थलमा स्वास्थ्य सुरक्षाको बारेमा जानकारी संश्थाका सदस्य श्री हरी भक्त महार्जन दिनु भएको थियो । टिकट वितरण व्यवस्थापनमा कोषाध्यक्ष श्री बलाराम चापागाई र सदस्य श्री रूपेशमान शिंहले गर्नु भएको थियो । तेसै गरी खानपिनको ब्यवस्थापनमा संस्था का सदस्य श्री बिपिन क्षेत्री , श्री श्याम खत्री र श्री हरी भक्त महार्जन हरूले गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष श्री राजु कंडेल एवं भु.पु अध्यक्ष श्री दयानिधि सापकोटा ले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रम का विशिष्ट अतिथि वेलायत को लागी नेपाली राजदूत श्री , दुर्गा वहादुर सुवेदीले नयाँ वर्षको शुभकामना संन्देश दिनु को साथै उहाँले नेपालीहरूको हरेक समस्यालाई हर संबभ सही तथा सजीलो तरीक़ा बाट सुल्झाउन आफु कटिबद्ध रहेको प्रतिज्ञा जनाउनु भयो ।
लोक दोहरी कलाकार श्री राम बन्जाडे ले लोकगीत प्रस्तुत गर्नु भएको थियो । चन्द्र खत्रीले उत्कृष्ट नाच प्रदर्शन गरेर अन्त्यमै भए पनी सबैलाई मनोरंजन गराएका थिए । कार्यक्रम मा “यो मन त नेपाली हो “भन्ने गित गाएर निश्चल श्रेष्ठ ले उपस्थित जनको मन जित्नु भएको थियो भने अन्य बाल कलाकार हरू सुदीप ढकाल, समिक्षा ढकाल ,मिलन पौडेल,महिमा पौडेल,मणिक पौडेल र जेनिशा थापा हरूले पनी नेपाली कला संकृती झल्किने प्रस्तुति प्रदर्शन गरेका थिए।






