दोलखामा ५.१ रिक्टरको परकम्प

काठमाडौं, ६ भदौ । दोलखालाई केन्द्रबिन्दु बनाएर आज पुनः अर्को भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ४७ मिनेट जाँदा ५.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भीमेश्वर नगरपालिकादेखि २६ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३८३ वटा परकम्प गएका छन् ।