पोखराका एसपी सुतेकै ठाउँमा मृत भेटिए

Bhojraj_OJhaपोखराः नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) सुतेकै ठाउ“मा मृत भेटिएका छन । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक भोजराज ओझा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
उच्च रत्तचापबाट पीडित ओझा शुक्रबार साँझ खाना खाएर सुतेका थिए । शनिवार बिहान रिपोटिङ गर्ने क्रममा उनको फोन नउठेपछि क्वाटरमा छिरेका प्रहरीले उनलाई मृत भेटेका थिए । मृत अवस्थामा रहेका उनलाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।
‘के कारणले मृत्यु भएको हो भनेर पुष्टि हुन सकेको छैन’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त लामाले भने, ‘चिकित्सकहरुले हृदयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन ।’२०४९ बैसाखमा प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए । एकवर्ष अघि डिएसपीबाट बढुवा भई उनी सरुवा भएर गण आएका थिए ।