बेलायतका कांग्रेसको एकता बैठक सम्पन्न:भिडियो सहित

11805718_10204650899301251_285556135_n[1]शिब भण्डारी

लण्डन ।

नेपाली जनसम्पर्क समिति बेलायतको एकता बैठक गत सोमबार साउथ हेरोस्थित चौतारी रेस्टुरेन्टमा सम्पन्न भयो । नेपाली कांग्रेस विभागीय सदस्य विज्ञान प्रसाईको सभापतित्वमा सम्पन्न उक्त विशेष बैठकमा बेलायतमा रहेका कांग्रेसीहरुको व्यापक सहभागिता थियो ।

लामो समयदेखि एकताका लागि प्रयत्नरत दुवै पक्षका पदाधिकारीहरुको र क्षेत्रीय सभापतिहरुको विशेष पहलमा बैठक सम्पन्न भएको थियो । बैठकमा लोक गुरुङ समूहका उपसभापतिहरु शान्तिविनोद लामिछाने, राज पाठक, कुमारी गुरुङ, महामन्त्री राजकुमार त्रिपाठी, विश्व घिमिरे तथा कार्यसमितिका सदस्य विजन भट्ट, डा. मीन रानाभाट, कोपिला सुब्बालगायतका सदस्यहरुको उपस्थिति थियो ।

11787216_10204650904901391_503636249_n[1]बैठकमा खनाल समूहका उपसभापति विकास देवकोटा, महामन्त्री युवराज सिंह, कुश बस्नेत, गणेश दाहाल, प्रशान्त कुँवरलगायतका सदस्यहरुको उपस्थिति थियो । साथै बेलायतस्थित क्षेत्रीय सभापतिहरु किरण राई, भोज गुरुङ, नारायण आचार्य, सूर्य नेम्वाङ, रणवीर योङहाङ, विपिन निरौलाको उपस्थिति थियो । उपस्थित हुन नसकेका क्षेत्रीय सभापतिहरुले टेलिफोनमार्फत् सहभागिता जनाएका थिए ।11798536_10204650987063445_937731763_n[2]

विगत केही वर्षदेखि विवादित जनसम्पर्क समितिमा एकताको लहर आएको अवस्था हिजोको बैठकमा देखियो । उक्त बैठकमा एकताका लागि गरिएको निर्णय केन्द्रीय कार्यालयलाई अनुमोदनका लागि पठाइएको एक सहभागीले लण्डन नेपाल न्युजलाई बताए । उक्त निर्णय केन्द्रीय समितिले अनुमोदन नगरेसम्म बाहिर नल्याइने विभागीय सदस्य प्रसाईले बताए ।