पूर्व राष्ट्रपति अब्दुल कलामको निधन

Abdul-kalam1

११ साउन, काठमाडौं । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएको छ । ८३ वर्षको उमेरमा कलामको शिलोङमा निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

एक कार्यक्रममा भाषण गर्दा गर्दै उनी लडेका थिए । गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । तर, उनको त्यहाँ मृत्यु भएको हो ।

अब्दुल कलाम भारतका बैज्ञानिक समेत हुन् । उनी २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए ।