हरिशयनी एकादशीमा रेसुङ्गामा जाने श्रद्धालुहरुको घुँईचो बढ्यो

IMG_1193 (1)

जनार्दन घिमिरे÷ गुल्मी समाचारदाता

गुल्मी, ११ साउन । हरिशयनी एकादशिको दिन सोमवार गुल्मीको धार्मिक स्थल रेसुङ्गामा स्नान र पुजाआजा गर्ने श्रद्धालुहरुको दिनभर घुईचो लागेको थियो ।

साउन महिनाको सोमवार र हरिशयनी एकादशि एकैदिन परेको कारण विहानैदेखि गुल्मी लगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा लगायतका जिल्लाहरुवाट श्रद्धालुहरु धर्मकर्मका लागि रेसुङ्गा जाने गर्दछन् । हरिशयनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि त्यस नजिकै रहेको यज्ञशालामा गई पुजाआजा गर्नाले चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु नष्ट भई संवृद्धि समेत प्राप्त हुने धार्मिक विश्वासका कारण रेसुङ्गामा वर्षेनी धर्मकर्मका लागि श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ ।

साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले रेसुङ्गा स्थीत यज्ञशाला मन्दिरमा होमन गर्नुका साथै दिनहुँ पाठपुजा र भजनकिर्तन संचालन गरेको कारण वर्षमा साउन महिनाभर रेसुङ्गामा आउने धर्मावलम्वीहरुको संख्यामा वर्षेनि वृद्धि हुँदै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द भुसालले वताए ।

सदरमुकाम तम्घासवाट यातायातका साधनहरुद्वारा सहजै पुग्न सकिने भएका कारण मानिसहरु टाढाटाढावाट सवारी साधनहरु लिएर रेसुङ्गामा पुग्ने गर्दछन् । त्यसैगरि गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकि र रुद्रवेणी धाममा पनि आज दिनभर नदीमा स्नान तथा पुजापाठ गर्ने श्रद्धालुहरुको घुईचो लागेको थियो ।

गुल्मी, पाल्पा र स्याङ्जाकोे संगम स्थल कालीगण्डकि नदीमा स्नान गरेपछि मोक्ष प्राप्ती हुन्छ भन्ने मान्यता रहि आएको छ ।

तस्वीर ः जनार्दन घिमिरे