काठमाडौं — बेलायतमा गत अगस्ट २२ मा आयोजित ‘Reading Musical Night’ कार्यक्रमबाट संकलित रकम गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अनाथ बालबालिकालाई सहयोग गरिएको छ।
समाजसेवी महेन्द्र आलेको पहल र चर्चित लोकदोहोरी गायिका शिला आलेको सहयोगमा तीजको अवसर पारेर ४० भन्दा बढी बालबालिकालाई दर खुवाउनुका साथै सानो आर्थिक सहयोग प्रदान गरिएको हो। साथै आश्रमका अन्य आवश्यक खर्चका लागि सञ्चालक तिलबहादुर कार्कीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।
कार्यक्रममा महेन्द्र आलेका भाइ उपेन्द्र आले र आमा खगिसरा आलेको समेत उपस्थिति रहेको थियो।






