‘माघ ८ मै संविधान जारी होस्’

rastrapati-ra-prachanda-super-final-imagekhabar1संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक परामर्श तीव्र पारेका छन् । उनले बुधबार बिहान प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर समयमै संविधान जारी गर्न दलहरुबीच चलिरहेको वार्ताबारे जानकारी लिएका हुन् ।
भेटमा राष्ट्रपतिले निर्धारित मिति अर्थात् माघ ८ गते नै संविधान जारी होस् भन्ने चाहना व्यक्त गरेका थिए । जवाफमा दाहालले दलहरुबीच दुरी घट्दै गएकाले निर्धारित समयमै संविधान जारी हुनेमा कुनै शंका नरहेको जानकारी गराएको भेटपछि उनले सन्चारकर्मीहरुलाई बताए ।
भेटमा दाहालले संविधानका विवादित मुद्दाहरु संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीबारे दलहरुबीच बृहत छलफल चलिरहेकाले चारै मुद्दामा प्याकेजमै सहमति हुने स्पष्ट पारेका थिए । राष्ट्रपतिले मंगलबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र मधेसी नेता राजेन्द्र महतोलाई भेटेका थिए ।