लन्डन- गैरआवासीय नेपाली संघ यूकेको महिला विभागले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक विशेष कार्यक्रम तथा सामुदायिक स्वास्थ्य सचेतना एवं परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
एनआरएनए यूकेकी महिला संयोजक बिनु लामिछानेका अनुसार, नेपाली समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा स्वास्थ्य परीक्षण र स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम हुने भएको छ ।
आगामी ८ मार्च आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा हुने कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन (NDA) यूके र नेप्लिज नर्सिङ एसोसिएसन (NNA) यूके ले विशेष प्राविधिक सहयोग र सहकार्य गरेका छन् ।
बेलायतमा नेपाली महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सिकाइ समस्या र अटिजम भएका व्यक्तिहरूको सेवामा सक्रिय (एनआरएनए यूके) उपाध्यक्ष डा. रक्षा थापाले बेलायतबासी नेपालीहरुलाई यस अवसरको लाभ उठाउन अनुरोध गरेकी छन्
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी,इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष राममाया विष्ट थापा,सचिब कला पोख्रेलले पनि कार्यक्रममा सहभागिताका लागि आह्वान गरेका छन्।






