पर्वत समाज यूकेले नयाँ वर्षमा पर्वतका विद्यार्थीलाई सहयोग गर्न ४ अप्रिलमा भब्य च्यारिटी गर्दै

लण्डन । पर्वत समाज यूकेले नेपाली नयां वर्ष कार्यक्रममा नेपालको पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्‍याउने उद्देश्यले विशेष च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली नयाँ वर्ष विशेष समारोह तथा च्यारिटी कार्यक्रम अप्रिल ४ तारिख शनिबार साँझ ५ बजे अल्डरसटस्थित एम्पायर हलमा गर्ने सोसाइटी अध्यक्ष सुरज पौडेलले लण्डन नेपाल न्यूज लाई बताए ।

समाजले विगत देखि नै शिक्षा,सामाजिक सेवा तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिँदै कोष संकलन कार्यक्रम गर्न लागेको हो।

समाजका अनुसार कार्यक्रमबाट संकलित रकम पर्वत जिल्लाका आर्थिक रूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको अध्ययन–अध्यापनमा खर्च गरिनेछ। विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक उत्तरदायित्व सँग जोड्दै मातृभूमिको शिक्षामा लगानी गर्ने लक्ष्य समाजले राखेको जनाएको छ।

आयोजकले कार्यक्रमको गरिमामय उपस्थितिले समुदायलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै स्थानीय नेपाली तथा शुभेच्छुक सबैलाई सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहने जनाइएको छ।

पर्वत समाज यूकेका उपाध्यक्ष सन्जयध्वज भण्डारी र भिमलाल भट्टराईले सयोजन गरेको कार्यक्रममा नेपाली नयाँ वर्ष विशेष समारोह मनाउन बेलायतवासी समस्त नेपालीलाई निमन्त्रणा गरेका छन् ।

सन् २००२ मा स्थापित पर्वत समाजमा संस्थापक अध्यक्ष हितकाजी गुरुङ,पूर्व अध्यक्ष पुरन गिरी,नर जंग गुरुङ  रस गुरुङ,दधि आचार्य, नेत्र आले एवं अप्सरा गुरुङ रहेको समितिले बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *