बिराज भट्ट ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सको अध्यक्षमा निर्बाचित समितिमा अरु को को आए

शिव भण्डारी

लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरूको साझा संस्था ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) को अध्यक्षमा बिराज भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न संस्थाको वार्षिक साधारणसभाले  भट्टलाई नयाँ अध्यक्षमा चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कमल पौडेल र  इन्द्र गिरी र सचिवमा राजेन्द्र श्रेष्ठ लाई सर्वसम्मत चयन गरेको हो ।त्यस्तै, सदस्यहरूमा कृष्ण भट्ट,सन्तोष मण्डल,अन्जनी फुंयाल,प्रभु न्यौपाने, नाडिया विलियम्स्, प्रकाश ढुंगाना,अनिल न्यौपाने, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल,दीपक श्रेष्ठ चयन भएका छन् ।

लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल–बेलायतबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा आफ्नो धारणा राखे ।

नवगठित कार्यसमितिलाई बधाई दिँदै निवर्तमान अध्यक्ष डा. कपिल रिजालले आफ्नो कार्यकालमा संस्थाले गरेका गतिविधिबारे प्रकाश पारे। डा. रिजाल बेलायतमा सफल दन्त चिकित्सक हुनुका साथै प्रोपर्टी व्यवसायी र म्युजिक भिडियो निर्देशक तथा निर्माता समेत हुन्।

कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगी र मोर्गेज एड्भाइजर रमेश सरांगकोटी,चार्टर्ड अकाउन्टेन्ट एलएन पाण्डे,व्यवसायीहरु दयानिधि सापकोटा सुरेश केसी,महन्त श्रेष्ठ, राज पाण्डे, अन्जनी फुंयाल, बासु लामिछाने लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

अध्यक्षको जिम्मेवारी सम्हाल्दै ट्राभल व्यवसायी समेत रहेका भट्टले सभामा बीएनसीसीको आगामी कार्ययोजना, सदस्य सेवा विस्तार, व्यापार प्रवर्द्धन गतिविधि तथा आगामी दिनमा नेपाल–बेलायत आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

लन्डनस्थित नेपाली दूतावासमा भएको साधारण सभामा बीएनसीसीका पदाधिकारी, सदस्यहरू, व्यवसायी प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *