एन आर एन बेल्जियमकी बर्तमान सल्लाहकार तथा सामाजिक अभियानता चितवन क्याटकी संस्थापक अध्यक्ष,नेपाली काङ्ग्रेसकी नेत्री सिता सापकोटाले एनआरएनए बेल्जियमको अध्यक्ष पदमा उमेद्वारी दिने निर्णय गरेपछि वेल्जियम तरङ्गित भएको छ ।
स्पस्ट बक्ता तथा सामाजिक कार्यमा उच्च छबी बनाएकी सापकोटा अनुभव र कार्यकुशलताको आधारमा सबैले रुचाईएकी उमेद्वार भएपनी अन्य तीन प्रतिद्वन्दी भएकोले जित्ने सम्भावना कम् चुनौतीपूर्ण चाँही छैन । ‘सामाजिक अगुवा र जनमानसले बिबेक प्रयोग गरी यो पटक आफुलाई नेत्रित्वमा पठाउनु न्यायसंगत हुने’ उनको तर्क छ ।
‘जनसम्पर्क समितिले पनि आफ्नो पुर्ववत निर्णयलाई कार्यकर्ता न्यायको सिध्दान्त बमोजिम पुन मुल्याङ्कन गर्दै एक पटक आफुलाई मौका दिनु नाजायज नहुने’ उनी बताउछिन । उनले ‘सहमति, सहकार्य र सहअस्तित्वलाई स्वीकार गर्दै अन्य सामाजिक तथा वैचारिक आस्था राख्ने समुहसँग मिलेर एनआरएनलाई राजनैतिक दाउपेचवाट विमुक्त राख्ने उद्देश्यवाट प्रेरित हुँदै अगाडि बढ्ने आफ्नो उध्यस्य रहेको’ जनाएकी छन ।
‘जनसंपर्क समितिले पनि जनमतको कदर गर्दै आफ्नो स्प्रिट र भावनालाई ब्याबस्थापना गर्न र घेरा भन्दा बाहिर पारीएका साथीहरुको सम्मानजनक निकास दिन नसकेकोमा उनी दुखी रहेको र वाध्य भएर यसरी उमेद्वारी दिनु परेको’ उनको गुनासो छ ।
उनी सँगै बेल्जियम एनआरएनको अध्यक्ष पदमा सि पि भट्ट, गंगाधर गौतम,सरु चापागाइले आफ्नो उमेद्वारी घोषणा गरी सकेका छन ।







![11745651_920694884654369_7882462256399642028_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11745651_920694884654369_7882462256399642028_n1-257x300.jpg)