युकेको बद्लिदो नीति नियम ;त्रशित विद्यार्थी र सत्यता

ganesh

गणेश खड्का ,

भुतपूर्व लण्डन क्याम्पस गिल्ड ,

Glyndwr University

लण्डन ।

बेलायतको बद्लिदो नियमले प्रभावित भएका निजी कलेजहरु जस्तै अव देखी सर्वजनिक लगानिबाट चलेका कलेजहरु पनि प्रभावित हुने भएका छन ।सरकारले १३ जुलाईमा अध्यागमन ऐनमा परिवर्तन गरेको घोषणा गरेको छ।

बेलायति सरकारको मुख्य उद्देश्य भनेको शिक्षा प्रदान नगरी भिसा मात्रै बेच्दै भनि आएका बोगस कलेज प्रतिबन्धित गर्नु  साथै सरकारी लगानीमा चलेका कलेजलाई निशाना बनाउनु हो । सरकारी लगानीमा चलेका कलेजमा पढ्न आवेदन दिने विद्यार्थीहरुले रोजगारको अवसर पाउने छैनन् ।यो व्यवस्था यहि अगस्ट ३ देखी लागु हुनेछ ।

यसअघि निजी कलेजमा अध्ययनरत विद्यार्थीले काम गर्ने अधिकार नपाए पनि पब्लिक फण्डेड कलेजका विद्यार्थीलाई भने साताको १० घण्टा काम गर्नु छुट थियो । यसका साथै, डिग्री पुरा गरेर वर्क पर्मिटका लागि भिसा स्विच गर्न पनि स्वदेश फर्किएर मात्रै आवेदन गर्न पाउने बाध्यकारी नियम १२ नोवेम्बर देखी लागु हुनेछ ।

अन्तरास्ट्रिय विद्यार्थीको लागि भने यो एक ठूलो झट्का हो तर यसबाट  धेरै विद्यार्थी  प्रभावित हुनेछन तर यसपाली भने सरकारी लगानी कलेज पनि निसानामा परेका छन यसैसग यो परिवर्तन्ले १२ नोवेम्बर देखी लागु हुनेछ ।  आम सञ्चारमाध्यममा प्रचार गरिए जस्तै सबै बाटाहरु बन्द भएका भने होइनन्। केहि हद सम्म समाचारलाई आतिरिन्जित गरिएको छ मैले पहिल्यै संकेत गरेझैं समाचारहरुलाई अतिरञ्जित गरिएको छ।तर यदि विद्यार्थीहरुले विश्वविद्यालयमा पढिरहेका छन् र त्यहाँ आवेदन दिइरहेका छन् भने तत्काल्को लागी कुनै आबसक्एत छैन विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीहरु छनौट गरिरहेको छ, यसको अर्थ तिनको पहिलेको शैक्षिक गतिविधिसँग तिनको प्रतिभाको स्तर झल्केको हुनुपर्दछ। विद्यार्थीको उद्देश्य जान्न र जेनुन  हुन् कि होइनन् भन्ने जान्नको निम्ति अन्तरवार्ताहरु भैरहेका छन्। वास्तवमा विद्यार्थीहरु पढ्नको लागि यहाँ आएका हुन् न कि बसोबासको लागि। हाम्रो उद्देश्य यथावत तेहिनै हुनु  पर्दछ।

यदि विद्यार्थीहरुले विश्वविद्यालयमा पढिरहेका छन् र त्यहाँ आवेदन दिइरहेका छन् भने तत्काल्को लागी कुनै आवस्यकता जेनुन तेहिनै हुनु पर्दछ  ,साथ साथै समय अबधी NFQ  लेवलको क्वालिफिकेसन ३, ४,र ५ को अवधी ३ बर्षको घटायिएर २ बर्षको बनायिएको छ ।यसको अलवा ३ अगुस्त देखि युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरुले विश्वविद्यालयका विदयार्थीलाई सोही तहमा नयाँ पाठ्यक्रम पढ्न मिल्ने हुनेछ तर पहिलेको पढाइसित सम्बन्धित भएमा मात्रै वा विश्वविद्यालयले यसले तिनको पेशागत क्षमतालाई सहयोग गर्नेछ भन्ने ठोकुवा गरेमा मात्रै यस्तो संभव हुनेछ। आधिकारिकता जाँच्ने अन्तरवार्ता हुनेछ यसको दुरुपयोग गर्ने कलेज विरुद्ध कारवाहीको व्यवस्ता हुनेछ।

त्यसैगरी, विद्यार्थीको डिपेन्डेन्टहरुको हकमा पनि अब थप कडाई गर्ने नियम सार्वजनिक गरिएको छ । नयाँ व्यवस्थाअनुसार डिपेन्डेन्टहरुले ‘लो स्कील्ड’ काम गर्न पाउनेछैन भने ‘स्कील्ड’ काममा मात्रै पार्ट टाइम तथा फुल टाइम कामको अवसर पाउनेछन् ।

गृह मन्त्रालयले मान्यता दिई विश्वविद्यालयबाट औपचारिक रुपमा सम्बन्धन पाएका ‘इम्बेडेड कलेजमा पढिरहेका भए बाहेक बेलायतका अन्य कलेजमा चौथो तहको भिसा थप गर्नबाट विद्यार्थीहरूलाई रोक लगाइने छ। यसले तीनले अर्को पाठ्यक्रम पढ्न चाहेमा नोभेम्बर १२ बाट  तिनलाई बेलायत छोड्नुपर्ने र आ-आफ्नो देशबाटै पुनः नयाँ भिसाको लागि आवेदन दिनुपर्ने अनिवार्यता हुनेछ।

आधा भन्दा बढी विद्यार्थीहरुले पढाई पुरा गरेनन् जसको बाटो पछ्याउँदै हामी मध्ये कतिले पढाई पुरा गर्न जरुरि ठानेनन् । आफ्नो तर्फ़बाट कुनै पनि गैरकानुनी कार्यमा सम्लघ्न नरही नियममा रहेर कार्य गर्नु ,आफ्नो पढाई पुरा गर्नुकासाथै भ्रामक संचारमाध्यमको पछाडी नलाग्नु ।सत्य तथ्य जानकारी लिएर अगाडी बढौ र साथी भाईलाई पनि सहि सल्लाह सुझाब दिउ ।आफु नेपाल जाने वा अन्य कुनै देश जाने भन्ने विसयमा आफुले फैसला गर्नु भन्दा अगाडी आफ्नो साथी भाई तथा आमा बाबा सग सोधपुछ गरेर मात्र अगाडी बढ्नु उचित रहला जस्तो लाग्छ मलाई ।