बेलायतमा राजु लामाको मंगोलियन हार्ट ब्यान्डले पहिलो पटक लाइभ कन्सर्ट गर्ने, १३ डिसेम्बेर ह्यारो लिजर सेन्टरमा

शिब भण्डारी

लन्डन। चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट,बेलायतमा गुञ्जिने भएको छ । मंगोलियन हार्टले ह्यारो लेजर सेन्टरमा आगामी डिसेम्बर १३ शनिबार वृहत कन्सर्ट गर्ने भएको हो ।

चर्चित गायक राजु लामा नेतृत्वको मंगोलियन हर्ट टिमले यही डिसेम्बर १३, २०२५ (शनिबार) का दिन ह्यारो लेजर सेन्टर, ह्यारो – HA3 5BD मा बृहत् संगीत कार्यक्रम प्रस्तुत गर्ने भएको हो।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

कार्यक्रम आयोजक रोज लामा,थमु वाइवा,विशाल मोक्तानले कार्यक्रमको बिशाल तयारी भै रहेको लण्डन नेपाल न्यूज लाई बताए ।

कन्सर्ट GT Bass Entertainment र SahiSearch.com ले संयुक्त आयोजनामा गर्न लागेको हो।

कन्सर्टमा हजारौँ दर्शक आउने अपेक्षा गरिएको आयोजक रोज लामाले जानकारी दिए। उनका अनुसार कार्यक्रमका टिकटहरू बिक्री धमाधम भइसकेका छन्।

लामाले बताए अनुसार, “यो कन्सर्टको उद्देश्य पैसा कमाउनु होइन। नेपाल गएर मंगोलियन हर्टको लाइभ कार्यक्रम हेर्न नसक्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बेलायतमै हेर्न पाउने अवसर प्रदान गर्नका लागि यो आयोजना गरिएको हो।”

उनका अनुसार, कार्यक्रम आयोजना गर्नु आफैंमा ठूलो चुनौती हो, किनकि यहाँका नेपाली समुदायले व्यस्तताबीच समय निकाल्नुपर्ने हुन्छ। उनले थपे, “हामीलाई विश्वास छ, संगीतप्रेमीहरूले मंगोलियन हर्टको प्रस्तुतिलाई समर्थन र माया गर्नेछन्।”

कार्यक्रमको प्रवेश टिकट लिनु भएको छैन भने —

For Ticekts: sahisearch.com and GT Bass Entertainment Facebook, TikTok and Insta.

Contact Details: 07400019830, 07477 779949,

कन्सर्ट पछि DJ SKAZII को विशेष After Party समेत आयोजना हुनेछ।