लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBG) ले आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको “ग्राण्ड च्यारिटी डिनर नाइट” भव्य रूपमा सम्पन्न भएको छ।
सिएनसिबिजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव भक्त रानाले गरेका थिए ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार २६ अक्टोबरमा आयोजित कार्यक्रम नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले भएको हो । 
बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि संजोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगर सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगरले संयुक्त रूपमा दिप प्रज्वलन गरेर डिनर नाइट कार्यक्रम उद्घाटन गरेका थिए ।

अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव भक्त राना मगरले सञ्चालन तथा स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताएका थिए भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरतासम्बन्धी प्रकाश पारेका थिए । 
कार्यक्रममा उपाध्यक्ष दल वुडाथोकीले अतिथिहरूलाई स्वागत गरे भने संयोजक टाम ढेंगाले कार्यक्रमको उद्देश्य र तयारीका बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधि र नेपालीहरुको उपस्थिति थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, ग्रेटर रश्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो, किरात राई यायोक्खा यूकेका अध्यक्ष मेजर दिलकुमार राई, आशा राई, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापा लगायतको उपस्थिति थियो ।
गोर्खा जिल्ला समाज यूकेका पूर्वअध्यक्ष कर्ण दर्लामी मगर, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस, पूर्वउपाध्यक्ष अनिता रानामगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पा, वर्तमान कार्यसमितिका महासचिव फ्रम दुरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका अध्यक्ष बम सूर्यवंशी थापा, निवर्तमान अध्यक्ष गोमा राना, तमु धीं यूकेका महासचिव डा विशाल राई, सचिव विमल गुरुङ, गोर्खा अभियन्ता धनबहादुर गुरुङलगायत विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पेसाकर्मी, पूर्वब्रिटिस आर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।
त्यस अवसरमा दृघ गुरुङले गोर्खा र नागरिकता निरन्तरतासम्बन्धी विषयमा मन्तव्य राख्दै बेलायतमा रहेका गोर्खा समुदायबीच एकता र अधिकारका विषयमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव सन्जोक राईले दूतावासको तर्फबाट आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले भने, “गोर्खा समुदायको सामाजिक योगदान र नागरिकताको निरन्तरताका लागि भइरहेको अभियान प्रशंसनीय छ। दूतावास सधैं समुदायका यस्ता सकारात्मक प्रयत्नहरूमा साथ दिन तत्पर छ।”
कार्यक्रमलाई कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरू तथा सीएनसीबीजीका उपाध्यक्ष सोब घोताने, दीपक मैथाने मगर र क्याप्टेन वीरबहादुर थापाले प्रस्तुत गरेका गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतीहरूले झनै रंगीन बनाएका थिए।
अन्त्यमा अध्यक्ष थर्क रानाले उपस्थित अतिथि, सहयोगी तथा कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्दै अभियानको आवश्यकता र महत्वलाई स्पष्ट पार्दै नैतिक, भौतिक अनि आर्थिक सहयोगको पूर्ण अपेक्षा गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । अध्यक्ष रानाले च्यारिटी कार्यक्रमले समुदायबीच आपसी एकता र सहयोगको संस्कार बलियो बनाउने विश्वास व्यक्त गरे।
च्यारिटी डिनर नाइट सम्पन्न बारे जानकारी गराउँदै मिडिया संयोजक मोहन गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफल र भव्य बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद अनि आभार प्रकट गरेका छन् ।






