लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज विशेष कार्यक्रम गरेको छ।
सुक्रबार सांझ ह्यारो बरो फुटबल क्लवमा तीज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा दिदि बहिनिहरुले रारा रेस्टुरेन्टको स्वादिस्ट भोजनको दर खादै तीज गीतमा मज्जाले नाचे !
एनबीसीका सचिव दामोदर आचार्यले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष समिर नाथ प्याकुरेलले संस्थाले गरेका उल्लेखनीय काम बारे प्रकास पार्दै दिदि बहिनि हरुलाई तीजको शुभकामना सहित सहभागी सबैलाई धन्यवाद दिंदै तीज पर्वको
सांस्कृतिक महत्वबारे बताए।
किरण अधिकारीले धन्यवाद दिदै संचालन गरेको दोश्रो चरणको कार्यक्रम भाषण रहित सांगीतिक माहोलमा भएको थियो। उक्त अवसरमा साउण्ड इन्जिनियर सपन राईको ननस्टप डिजे अनि तीज गीतमा सहभागी अबेरसम्म नाचेका थिए।
उक्त कार्यक्रम सफल बनाउन संस्थापक अध्यक्ष कमल पौडेल पूर्व अध्यक्षहरु कार्यसमिति र सल्लाहकार एवम् ट्रष्टी लगायतको सक्रिय सहभागिता थियो ।कृषा,श्रीषा, शमिका रक्षा, संजाना, श्रेया , दारिया,प्रिन्सेस खाटीवडाले आकर्षित नृत्य प्रस्तुत गरेका थिए 







