सिड्नी । नेपाल स्थायी घर भई हाल अस्ट्रेलियाका विभिन्न ठाउँमा रहेका थारु समुदायका व्यक्तिहरुको संस्था थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको नयाँ कार्यसमिति गठन गरिएको छ । अगस्ट २३ मा सिड्नीको ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न अधिवेशनले बर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई चौथो पटक पुन अध्यक्षमा चयन गर्दै निबर्तमान कार्य समितिलाई थपघट गरेर नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षहरुमाद्धय निमेष लेखि र बिनय चौधरी, महासचिवमा मधुकर चौधरी, सचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिंकु चौधरी तथा पब्लिक रिलेसन अफिसरमा अरुण कुमार चौधरी निर्वाचित भए। त्यसैगरी महिला संयोजकमा मिस्रा कुमारी चौधरी, आईटी संयोजकमा उमेश चौधरी, सांस्कृतिक संयोजकमा पूजा चौधरी, विद्यार्थी संयोजकमा हृदेश चौधरी, खेलकुद संयोजकमा रोहन चौधरी, महिला सह–संयोजकमा श्रुति चौधरी, सह–कोषाध्यक्षमा उपासना चौधरी र विद्यार्थी सह–संयोजकमा हरिकृष्ण चौधरी चयन भएका छन् ।
कार्यक्रममा संस्थाका पव्लिक अफिसर अरूण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हालसम्म भएका कार्यप्रगति र गतिबिधिहरु प्रस्तुत गरेका थिए । पुन अध्यक्षमा निर्बाचित दिप नारायण चौधरीले संस्थालाई अझै सवल वनाउदै, विविध परोपकारी कार्यहरुसहित थारू समुदाय तथा विद्यार्थीहरुलाई पर्ने विभिन्न समस्यामा विगतमा जस्तै संस्थाले सहयोगीको रुपमा काम गर्ने बताए । २४ औं विश्व आदिबासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा अस्ट्रेलियामा संस्था स्थापना गरिएको हो ।
स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै उदाहरणीय रुपमा प्रस्ततु हुन् सफल भएको छ । सोसाईटीले सांस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाइ थारु समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ






