जेनी भट्टराई,
लण्डन ।
नक्कली विश्वविद्यालय सञ्चालन तथा नक्कली डिग्रीको धन्दा गर्ने कार्यमाथि सरकारले प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अनुसन्धानबाट १९० वटा त्यस्ता संस्थाहरू भेटिएको खुल्न आएको छ।
अनुसन्धानबाट नक्कली विश्वविद्यालय सञ्चालन तथा नक्कली डिग्रीको धन्दा गर्ने १९० वटा त्यस्ता संस्थाहरू भेटिएको खुल्न आएपछि सरकारले तिनमाथि कारबाहीको आदेश जारी गरेको हो। नक्कली डिग्रीको धन्दा गरेको भेटिएमा त्यस्ता संस्थालाई कारबाही गर्न एवं बन्द गर्नको निम्ति विभिन्न तहका विज्ञहरू व्यापारिक मापदण्ड निर्धारण अधिकारीहरू तथा अन्य कानून कार्यान्वयन गर्ने अधिकारीबीच समन्वय गर्नेछन्।
व्यापार, सृजना एवं सीप विभागले प्रतिबन्ध लगाउन खटाएको स्नातक विज्ञहरूको संस्था, प्रोस्पेक्ट्स्को अनुसार विभागलाई विश्वास छ कि यहाँ “च्याउ उम्रेसरी खडा भएका अनधिकृत संस्थाहरू” ठुलो संख्यामा नक्कली डिग्रीको धन्दामा संलग्न छन्। चीन स्थित एउटा वेबसाइट पनि नक्कली डिग्री बेच्ने धन्दामा संलग्न भएको खुल्न आएको छ, जसमा केन्ट विश्वविद्यालय जस्ता प्रसिद्ध बेलायती उच्च शैक्षिक संस्थाको नाम पनि छापेर बेच्ने गरेको पाइएको छ। सो वेबसाइटले जस्तै अन्यले पनि हाल बेलायतमा सञ्चालित चर्चित संस्थाको नामबाट नक्कली डिग्री बेचिरहेको खुल्न आएको छ।
विश्व विद्यालय तथा विज्ञान मन्त्री जो जोन्सन भन्नुहुन्छ, यस कार्वाहीको शृङखलाले “यस्ता झुट्टा संस्थाहरू र भ्रमित पार्ने वेबसाइटहरू देखा पर्नासाथ हटाउन मद्दत गर्नेछ।” उहाँ थप्नुहुन्छ, “त्यस्तो कारवाही सम्पूर्ण वैधानिक सेवाप्रदायक तथा वास्तविक विद्यार्थीको पक्षमा छ किनकि यसले उच्चस्तरीय शिक्षा प्रदान गर्ने राष्ट्र भनेर चिनिएको बेलायतको प्रतिष्ठालाई जोगाउन मद्दत गर्नेछ।” उच्च शिक्षा डिग्री डाटाचेक, प्रोस्पेक्ट्स्को डिग्री प्रमाणीकरण सेवाले भन्छ, नक्कली संस्थाहरूले प्राप्तांक एवं सहीलाई हुबहु प्रमाणपत्रमा कट र पेस्ट गरेका छन् – र ती वैधानिक प्रमाणित गरिएका छन्।
HEDD का व्यापार सेवा निर्देशक जेन राउली भन्छन्, “नक्कली डिग्रीको धन्दा हुनु निकै गम्भीर विषय हो। यसै वर्षको पहिलो तीन महिनामै डाटाबेसमा ४२ वटा नक्कली संस्थालाई समावेश गरेका छौं र हजरौं नक्कली प्रमाणपत्रहरू बेचविखन भैरहेको बुझिएको छ।” “यस्ता वेबसाइटबाट सक्क्ली डिग्री पाएकोजस्तो गरी मानिसलाई किन ठग्छन् भनेर हेर्न सजिलो छ। आवरणमा तिनीहरू वैधानिकजस्ता छन्: लेक्चरका पढ्ने गाइडदेखि, स्वागत एवं विद्यार्थीका भनाइ र विवरणहरू लगायत सामग्रीहरू युक्त जानकारीहरू राखेर वैधानिक वेबसाइटहरूको नक्कल गर्छन् र ‘विश्वविध्यालय’ शब्द पनि समावेश गर्छन्।”
“निर्दोष विद्यार्थीको हातमा आकर्षक छाप भएको बेकारको प्रमाणपत्र थमाएर हजारौं पाउण्डसम्म ठग्न सक्छन्।” “कलेज ” भनेका केबल पत्राचार गर्ने ठेगानाहरू मात्रै भएको र तिनका “विषयगत कार्यपत्र” भनेका तपाईंका सीपहरू र चाहेको डिग्रीहरूको सूची मात्रै हुने गरेको अनुसन्धानबाट खुलेको छ। उनी थप्छिन् “यदि तपाईंले थोरै मिहिनेतले डिग्री पाउनुभयो भने यसको वैधतामाथि प्रश्न गर्नुहोला।” नक्कली धन्दा यति मौलाएको छ कि यसले एउटा नक्कली डिग्री बेच्ने सञ्जालको रूप धारण गरिसकेको छ – नक्कली विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय संगठन। विषयगत शंकाः सीमापारबाट छनौट गर्नमा रोक। पठनपाठनको लागि भनेर जनाइएका विषयमाथि शंका लागेर छानबिन गर्दा ग्रृह मन्त्रालयद्वारा गत वर्ष कूल ५७ वटा कलेजका सीमापार विद्यार्थी छान्ने अनुमतिपत्रहरू निलम्बित गरिएका छन्। गत महिना मात्रै अनुसन्धानकर्ताहरूले वेबगेम प्रोग्रामिङमा विशिष्टिकृत सेवा दिने र दूर शिक्षाको अवसर दिने नामबाट सञ्चार, साहित्य तथा प्रविधिमा डिग्री दिँदै आएको ब्रिस्टोल इन्टरनेशनल कलेजलाई बन्द गरेका छन्।
मिडल्स्बरोस्थित नेशनल डिस्टेन्स् लर्निङ कलेजले BTEC र सिटी तथा गिल्ड्स्बाट मान्यताप्राप्त कम्प्युटर तथा वाणिज्य सम्बन्धी विषयमा त्यस्तो काम गर्ने गर्दथ्यो। २५०० देखि ४००० पाउण्ड सम्ममा क्याम्ब्रिज कलेज अफ लर्निङले सीमापारका विद्यार्थीलाई व्यवस्थापन तथा सूचना प्रविधिमा नक्कली डिग्री प्रदान गर्दै आएको थियो।
क्याम्ब्रिज विश्वविद्यालयसँग कुनै पनि सम्बन्ध नभएको सो कलेजमा बेलायती बोर्डर एजेन्सीले छापा मार्दा जम्मा ३ वटा कक्षाकोठा र ११ वटा डेस्क मात्रै भेट्टाएको थियो। विद्यार्थीलाई भिसा अवैध भएको र तत्कालै आ-आफ्नो देश फर्किन भनिएको थियो। त्यस्ता नक्कली डिग्री सञ्चालकले प्रयोग गर्ने गरेका अन्य नामहरूमा ग्र्यानचेस्टर विश्वविद्यालय पनि पर्दछ – जसको ठेगाना एस्सेन्सन टापूको रहेको छ।







